Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २२, २०८३
आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

तान्जानिया । तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रस्तुत गरेको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपद् सम्बोधन तथा उत्थानशीलता अभिवृद्धि’ सम्बन्धी प्रस्तावलाई महासभाले मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो।

प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले हिमालयलाई एसियाको ‘वाटर टावर’ तथा मानवताको साझा सम्पदाका रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमाल र हिमनदीमा परिरहेको गम्भीर प्रभावप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। उनले जलवायुजन्य विपद् न्यूनीकरणका लागि संसदीय जवाफदेहिता र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

प्रस्तावमाथि भएको मतदानमा ९०१ मत पक्षमा, ७८ मत विपक्षमा र १४० मत तटस्थ परेको थियो। आईपीयूको नियमअनुसार दुई–तिहाइ मत आवश्यक पर्ने प्रस्तावले आवश्यक समर्थन प्राप्त गरेपछि नेपालको प्रस्ताव महासभाको औपचारिक छलफलको कार्यसूचीमा समावेश भएको हो।

प्रस्तावमा सीमापार पूर्वसूचना प्रणालीको विकास, प्रविधिमा पहुँच विस्तार तथा जलवायु प्रतिबद्धता कार्यान्वयनका लागि कार्यपालिकालाई संसदीय तहबाट जवाफदेही बनाउने विषय समेटिएका छन्।

सभामुख अर्यालले कुनै एक देशलाई दोषारोपण गर्नुभन्दा जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण र प्रभावित नागरिकको सुरक्षाका लागि सामूहिक समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।

नेपालको प्रस्ताव पारित भएसँगै महासभामा हिमालय संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु वित्तीय सहयोगका विषयमा थप छलफल हुने भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो
खेलकुद

एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो

अशोज २२, २०८३
सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट
अर्थतन्त्र

सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

अशोज २२, २०८३
कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने
फ्ल्यास हेडिङ

कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने

अशोज २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो

एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो

अशोज २२, २०८३
सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

अशोज २२, २०८३
कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने

कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने

अशोज २२, २०८३
प्रि–ओपन सेसनमा नेप्से १.६८ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से १.६८ अंकले उकालो

अशोज २२, २०८३
आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित

आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित

अशोज २२, २०८३
नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

अशोज २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व