काठमाण्डौ — नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ।

यसअघि हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी ४ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
हिजो चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको थियो।










Discussion about this post