काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले थप राहत सामग्री नेपाल पठाएको छ। चिनियाँ वायुसेनाको कार्गो जहाज उद्धार तथा राहत सामग्री लिएर मंगलबार काठमाडौं आइपुगेको हो।
चीन सरकारले यसअघि पनि चिनियाँ वायुसेनामार्फत उद्धार टोलीसहित बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री नेपाल पठाउँदै आएको छ। पछिल्लो पटक पनि बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने सामग्री लिएर कार्गो जहाज काठमाडौं आएको हो।
भोटेकोशी बाढीपछि प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न मुलुकले सहयोग गर्दै आएका छन्। चीनसँगै भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, बेलायत, थाइल्यान्ड र नर्वे लगायतका देशले नेपाललाई सहयोग उपलब्ध गराएका छन्।
विपद्को समयमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगले बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post