Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ८, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल वाङ्मय परिषद्, धनगढी, कैलालीको आयोजनामा संस्थाका कार्यसमिति सदस्य लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन गरिएको छ।

 

भाद्र ७ गते काठमाडौँस्थित ग्रीनलिफ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाल वाङ्मय परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता तथा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको प्रमुख आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा नेपाली लघुकथामा विद्यावारिधि गर्नुभएका डा. हरिप्रसाद भण्डारी र हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता केसी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने, वरिष्ठ लघुकथाकार हरि थापा, वरिष्ठ साहित्यकार डा. अमर शाह, मधुपर्कका सम्पादक दीपक श्रेष्ठ तथा वरिष्ठ साहित्यकार डा. नवराज रिजाललगायतको उपस्थिति थियो।

 

विमोचन समारोहमा डा. शेखरकुमार श्रेष्ठ र शेखर अर्यालले कृति ‘प्रश्नोत्तर’ का विविध पक्षबारे चर्चा गर्नुभएको थियो। त्यस्तै मनोहर लामिछाने, हरि थापा, डा. नवराज रिजाल, दीपक लोहनी तथा कृतिका प्रकाशक भूँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना व्यक्त गर्नुभएको थियो।

 

कृतिकार लक्ष्मीप्रसाद पौडेलले ‘प्रश्नोत्तर’ लेखनको सन्दर्भ तथा आफ्नो सिर्जनात्मक यात्राबारे धारणा राख्नुभएको थियो।

 

कार्यक्रममा महेन्द्र न्यौपाने, ध्रुवराज थापा, प्रार्थना खनाल र शान्ता तिमिल्सिनाले विमोचित कृतिबाट लघुकथा वाचन गर्नुभएको थियो।

 

वन्दना घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिद्वय लता केसी र डा. हरिप्रसाद भण्डारी तथा प्रमुख अतिथि ध्रुव मधिकर्मीले लघुकथा लेखन तथा कृति ‘प्रश्नोत्तर’ का विषयमा आफ्ना धारणा राख्नुभएको थियो।

 

कार्यक्रममा कृतिकार पौडेलका पारिवारिक सदस्यसहित करिब ५० जना साहित्यकारको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३
सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व