Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ६, २०८३
वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–६, मुसेपानीस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिएको छ। दक्षिण कोरियामा रहेका युवाहरू तथा विद्यालयका पूर्वविद्यार्थीहरूको पहल र सहयोगमा अक्षयकोष स्थापना गरिएको हो।

गरिब, दलित तथा मुक्त कमैया परिवारका बालबालिका अध्ययनरत उक्त विद्यालयमा अक्षयकोष स्थापनाका लागि पूर्वविद्यार्थीहरूले २ लाख १० हजार रुपैयाँ सहयोग गरेका छन्। यस्तै, स्थानीय समाजसेवी तथा शिक्षक–शिक्षिकाबाट समेत सहयोग जुटाउँदा हालसम्म ५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको विद्यालयले जनाएको छ।

अक्षयकोष स्थापनामा सहयोग गर्ने दाताहरूको नामावली तथा विवरण समेटिएको शिलालेखसमेत अनावरण गरिएको छ। शिलालेखको अनावरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोष महत्वपूर्ण रहेको बताउनुभयो। आर्थिक रूपमा विपन्न, दलित तथा मुक्त कमैया परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अक्षयकोषले महत्वपूर्ण योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

विदेशमा रहेका युवाहरू, पूर्वविद्यार्थी, स्थानीय समाजसेवी तथा शिक्षक–शिक्षिकाले विद्यालयको विकासका लागि गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले विद्यालयको समग्र विकासका लागि सबै पक्षबीच निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।

विद्यालयको भौतिक पूर्वाधार विकाससँगै आर्थिक रूपमा विपन्न विद्यार्थीको शैक्षिक निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको अक्षयकोषले विद्यालयको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह पुजाराले गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए
फ्ल्यास हेडिङ

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण
पूर्वाधार विकास

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व