काठमाण्डौ – नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेर तीन हजार ९३० रुपैयाँ कायम भएको छ ।
हिजो सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तीन हजार ९८० रुपैयाँ रहेको थियो ।










Discussion about this post