दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री बालेन शाह सहभागी नहुने भएका छन् । प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाइए पनि संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुने जनाइएको छ ।
उत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ ।
गाउँपालिकाले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमार्फत उत्सवको तयारी र अतिथिहरूको सहभागिताबारे जानकारी दिएको हो । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार उत्सवको तयारी लगभग पूरा भइसकेको छ ।

अपि बेसक्याम्प क्षेत्रमा आयोजना हुने तीनदिने उत्सवको मुख्य उद्देश्य अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्नु र क्षेत्रको पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनु रहेको गाउँपालिकाले जनाएको छ ।
उत्सवमार्फत अपिहिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय पर्यटन विकास र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।










Discussion about this post