Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन्।

राष्ट्रिय विकास समस्या समाधान समिति बैठकको पूर्वतयारीका क्रममा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न बाह्य क्षेत्र र वित्तीय क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले अब वास्तविक क्षेत्रका गतिविधि विस्तारमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनले राष्ट्रिय योजना आयोगले अन्तर–मन्त्रालय तथा क्षेत्रगत समन्वय गर्दै सरकार र निजी क्षेत्रबीच समस्या समाधानको सेतुका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, निजी क्षेत्रबाट उठाइएका सुझाव तथा समस्यालाई आगामी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिने जानकारी दिए।

कार्यक्रममा आयोगका सहसचिव खोमराज कोइरालाले सोह्रौँ योजनाको कार्यान्वयन, समष्टिगत आर्थिक अवस्था तथा निजी क्षेत्रको भूमिकाबारे प्रस्तुति दिएका थिए। छलफलका क्रममा सोह्रौँ योजनाका लक्ष्य, सात प्रतिशत आर्थिक वृद्धि र १०० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा विचार विमर्श गरिएको थियो।

निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरूले लगानीमैत्री वातावरण, व्यवसायिक सुरक्षा, सार्वजनिक–निजी साझेदारी, लगानी परिचालन, वित्तीय स्रोतको प्रभावकारी उपयोग तथा तरलता व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राखेका थिए।

त्यसैगरी, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले आर्थिक गतिविधिमा आएको सुस्तता, कमजोर बजार माग, कर्जा प्रवाहमा कमी तथा खराब कर्जाको बढ्दो समस्याप्रति चिन्ता व्यक्त गर्दै व्यवसायीहरूको मनोबल बढाउने नीति आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, महिला उद्यमी महासङ्घलगायत निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स सङ्घ, नेपाल वित्तीय संस्था सङ्घ, लघुवित्त बैंकर्स सङ्घ, बैंक तथा वित्तीय संस्था परिसङ्घका प्रतिनिधिहरू, राष्ट्रिय योजना आयोगका सदस्यहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। मकालु खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
फ्ल्यास हेडिङ

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
मुख्य समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३
नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व