काठमाडौँ । सुरक्षा जोखिमका कारण बन्द गरिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा आएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र नयाँ प्रणालीमार्फत प्रकाशन गर्न निर्देशन दिएको छ ।
यसअघि विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि नयाँ बोलपत्र प्रकाशनको काम रोकिएको थियो । कार्यालयले नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रिया पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
नयाँ प्रणाली कार्यान्वयनसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बोलपत्र पेस गर्दा भने अनलाइन र हार्डकपी दुवै विकल्प खुला राखिएको छ । अब सम्बन्धित निकायले तोकिएको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपीमार्फत प्रस्ताव बुझ्ने व्यवस्था मिलाउनुपर्नेछ ।










Discussion about this post