काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर काठमाडौं आइपुगेका छन् ।
तेस्रो संस्करणको एनपीएलका लागि कर्णाली याक्समा अनुबन्ध भएका ३७ वर्षीय मिलर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । कर्णाली याक्सले उनलाई दक्षिण अफ्रिकाका अनुभवी मध्यक्रमका ब्याटरका रूपमा टोलीमा भित्र्याएको हो ।
मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका विभिन्न चर्चित फ्रेन्चाइज लिगमा पनि खेलिसकेका छन् ।
कर्णाली याक्सले आफ्नो आगामी खेल शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ । उक्त खेलबाट मिलरले एनपीएलमा डेब्यू गर्ने कर्णाली याक्सले जनाएको छ ।










Discussion about this post