Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरूमा सार्वजनिक भएको “वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक” को मस्यौदाका केही प्रावधानहरूप्रति नेपाल वातावरण समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मस्यौदा हालसम्म आधिकारिक रूपमा सार्वजनिक नभएकाले यसको आधिकारिकता सम्बन्धित निकायसँग बुझ्न आवश्यक रहेको स्पष्ट पार्दै समाजले यदि बाहिर आएकै प्रावधानहरू सत्य ठहरिएमा त्यसले प्राविधिक क्षेत्रमा ठूलो असर पार्ने चेतावनी दिएको छ।

सार्वजनिक भएको मस्यौदामा ‘वातावरण निरीक्षक’ र ‘वातावरण परीक्षक’ को योग्यतासम्बन्धी प्रस्तावित व्यवस्थामा वातावरण विषयबाहेक अन्य विषयमा स्नातक गरेका व्यक्तिहरूलाई समेत योग्य मान्ने प्रावधान समावेश गरिएको देखिएको छ।

यसप्रति समाजका अध्यक्ष डा. बिनोद बानिया र महासचिव समीर थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यदि यही व्यवस्था आधिकारिक मस्यौदामा रहेको पुष्टि भएमा यसले वातावरण निरीक्षण तथा परीक्षण जस्ता विशिष्टीकृत प्राविधिक जिम्मेवारीको मर्म, वातावरण पेशाको व्यावसायिक मान्यता र यस क्षेत्रका हजारौँ दक्ष जनशक्तिको भूमिकालाई गम्भीर रूपमा कमजोर बनाउनेछ।”

नेपाल वातावरण समाजले वातावरण निरीक्षक तथा परीक्षक जस्ता प्राविधिक जिम्मेवारी वातावरण विज्ञान, वातावरण इन्जिनियरिङ र वातावरण व्यवस्थापन विषयमा अध्ययन गरेका दक्ष जनशक्तिले नै वहन गर्नुपर्ने स्पष्ट पारेको छ। यस्ता संवेदनशील जिम्मेवारीलाई जुनसुकै विषयका स्नातकका लागि खुला बनाउनु वातावरणीय सुशासन र पेशागत मर्यादासँग मेल नखाने समाजको ठहर छ।

यस विषयको यथार्थ बुझ्न तथा साझा धारणा निर्माणका लागि समाजको नेतृत्वमा सम्बन्धित पेशागत संस्था, विश्वविद्यालय, विज्ञ, शिक्षाविद् र सरोकारवालाहरूसँग तत्काल छलफल गरिने विज्ञप्तिमा उल्लेख छ। आवश्यकता अनुसार सम्बन्धित सरकारी निकायहरूमा संस्थागत सुझाव र आवश्यक पहल गरिने समेत बताइएको छ।

साथै, समाजले आधिकारिक सूचना नआएसम्म सम्पूर्ण वातावरण समुदायलाई संयमित रहन, तथ्यमा आधारित जानकारी मात्र आदानप्रदान गर्न र पेशागत हकहितका लागि एकताबद्ध रहन अपिल गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

छोरीको जन्मदिन अनाथ बालबालिकासँग
देश/राष्ट्रिय

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न
देश/राष्ट्रिय

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै
देश/राष्ट्रिय

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

साउन १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

साउन १८, २०८३
टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

साउन १८, २०८३
शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

साउन १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व