टेकुस्थित नेश्नल ट्रेडिङ शाखामा एलपी ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको छ। स्थानीय डिलरमा ग्यास नपाएपछि सर्वसाधारण वितरण केन्द्रसम्म पुग्न बाध्य भएका हुन्।
नेपाल आयल निगमले भने ग्यासको आपूर्ति नियमित रहेको र अभाव नभएको दाबी गर्दै कृत्रिम अभाव र आवश्यकताभन्दा बढी सञ्चय नै समस्या भएको जनाएको छ।
यता, उपभोक्ता अधिकारकर्मीहरूले बजारमा प्रभावकारी अनुगमन गरी उपभोक्ताको घरदैलोमै सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।










Discussion about this post