Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०८३
नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

✍️ लक्ष्मीप्रसाद पौडेल

 

नेपाल भाषिक, सांस्कृतिक र साहित्यिक विविधताले सम्पन्न मुलुक हो । यही विविधताभित्र नेपाली भाषाको उद्गम थलो सुदूरपश्चिमको डोट्याली भाषाले आफ्नै मौलिक पहिचान र अस्तित्व बोकेको छ । यस भाषाको संरक्षण, संवर्द्धन र साहित्यिक विकासका लागि विगतदेखि नै थुप्रै विद्वान, लेखक, शिक्षाविद्, मातृभाषाप्रेमी व्यक्तिहरूको अथक योगदान रहेको छ । तिनै व्यक्तित्वहरूमध्ये पछिल्लो समयमा समर्पित मौलिक भाषा साहित्य साधक हुन्, जगदीश ओझा ‘ जगन्नाथ आत्रेय’ !

 

आज म, उनै जगदीश ओझाको भाषिक, साहित्यिक लेखन यात्राको बारेमा थोरै चर्चा गर्न गइरहेको छु ।

 

उनीसँग मेरो साहित्यिक परिचय छ । मेरो साहित्यतर्फ रुचि बढ्नुमा एउटा पाटो आफू कुनै समय शिक्षण पेशामा आवद्ध रहेकै कारण पनि हो । शिक्षक साथीभाइसंगको चिनजान, सामिप्यता र अधिकांश शिक्षक पेशामा आवद्ध व्यक्ति कुनै न कुनै रुपमा भाषा साहित्यमा कलम चलाउने हुनाले म पनि साहित्य र साहित्यप्रेमीहरुसँग नजिकिएको हुन्छु । कसैसँग पनि मेरो चिनजानको ठ्याक्कै तिथिमिति हुन्न । म त्यस्तो लेखा राख्दिन । तिथिमितिले एउटा दायरा समात्छ । म दायराविहिन मान्छे हुन मन पराउँछु । जुनसुकै पेशा, वर्ग, जातजाति, भाषाभाषी, क्षेत्र, स्थान विशेष मेरा लागि समान हुन्छन् । वैचारिक आवद्धता भिन्नता गुणदोषका आधारमा छुट्टिन्छन् ।

 

जगदीश ओझा गोत्रका हिसाबले मेरा सगोत्री बन्धु पनि हुन् । सुदूरपश्चिमको बैतडी जिल्ला, मेलौली रातीखालीमा पिता हरिदत्त ओझा र माता हिरादेवीको कोखबाट २०२८ सालमा जन्मिएका साहित्यिक उपनाम जगन्नाथ आत्रेयले चिनिने जगदीश ओझाले कञ्चनपुर महेन्द्रनगरलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् । शिक्षामा स्नातक र स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका उनीसँग सत्यवादी माध्यमिक विद्यालय भीमदत्तनगरमा लामो अध्यापन यात्राको परिचय छ । शिक्षक हुनु भनेको एउटा असल समाजको लागि गर्विलो ओहोदा हो । र त्यही ओहोदाको प्रमाणपत्र बोकेर आफूलाई अध्यापन, भाषा संस्कृति, साहित्य कला, स्व-धर्मको उत्थान र आफू बसेको समाजमा सकारात्मक चेतना विकासको अन्तरसंवादमा सक्रिय छन् उनी ।

 

डोट्याली भाषाका अग्रणी सेवक, साहित्यकार वीर बहादुर चन्द ” विश्राम ‘ ज्यू को अथक परिश्रम र योगदानमा निरन्तर प्रकाशित हुँदैआएको डोट्याली भाषाको साहित्यिक पत्रिका गुगुल्डीको पछिल्लो समय सम्पादन, प्रकाशन र वितरणमा विशेष आवद्ध छन् जगदीश ओझा ।

उनको महाकाली साहित्य संगम, गुगुल्डि वाड्मय प्रतिष्ठान, महाकाली गजल प्रतिष्ठान, जनमत साहित्यिक मासिक (काभ्रे), प्रगतिशील लेखक संघ लगायतका संस्थाहरुमा सक्रिय आवद्धता रहेको छ ।

जनमत साहित्यिक पत्रिका मार्फत साहित्यिक पत्रकारितामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै पनि आएका छन् ।

गुगुल्डि , जनमत साहित्यिक मासिक लगायतका साहित्यिक पत्रिका र विभिन्न समयमा प्रकाशन हुने उनी सम्बद्ध साहित्यिक संघ संस्थाका मुखपत्र मार्फत अनेकौं स्रष्टालाई लेखनको अवसर प्रदान गरेका छन् उनले। त्यसमा निरन्तर प्रकाशन हुँदै आइरहेको गुगुल्डी विशेषत एउटा प्रकाशन मात्र नभई डोट्याली भाषा र संस्कृतिको अभिलेख, संवाद र सिर्जनाको साझाथलो बनेको छ सुदूरपश्चिमको । यस क्षेत्रको भाषा साहित्यमा कलम चलाउने स्रष्टाहरूले गुगुल्डिको योगदानलाई समात्दै यसलाई थप उचाइमा पुर्याउन हातेमालो गर्नुपर्ने आवश्यकता देख्दछु म । गुगुल्डि केवल एउटा साहित्यिक पत्रिका होइन, डोट्याली भाषाप्रेमीहरूको साझा घर हो । पछिल्लो समयमा जगदीश ओझाको सम्पादकत्वमा बहुभाषिक स्वरूपमा लेख रचना प्रकाशन गर्नेदेखि लिएर व्यक्ति विशेष, विधागत, स्थान विशेष तयार पारिएका वार्षिक विशेषाङ्कले समेत गुगुल्डीलाई ओज प्रदान गर्दै आइरहेका छन् ।

 

जगदीश ओझा स्वयम् ले पनि थुप्रै पुस्तक र फुटकर रचनाहरु प्रकाशन गरेका छन् । उनको सहयात्रा-१ कविता संग्रह २०६४ सालमा प्रकाशित भएको छ । २०४८ सालदेखि निरन्तर नेपाली तथा डोटेली भाषाका ३०० भन्दा बढी लेखरचना र भाषा, संस्कृति तथा साहित्यिक सोधमूलक ५० भन्दा बढी रचनाहरू विभिन्न स्थानिय एवं राष्ट्रियस्तरका पत्र पत्रिकाहरुमा प्रकाशित भइसकेका छन् ।

यसका अतिरिक्त उनले डोटेली भाषाको साहित्यिक पत्रिका ‘राम राज्य’ तथा ‘गुगुल्डि ‘ को सम्पादन, अविरल, संगम, आफन्त, त्रिवेणी, शिक्षक रैवार, भीमदत्त स्मारिका, अभिवादन, अरुणोदय लगायतका एक दर्जनभन्दा बढी साहित्यिक तथा संस्थागत मुखपत्र प्रकाशनमा सम्पादनको भूमिका निर्वाह गरेका छन् ।

सयपत्री (प्रज्ञा प्रतिष्ठान), जनमत साहित्यिक मासिक, गरिमा (साझा प्रकाशन), शब्द सयोजन, नवप्रज्ञापन, गोरखापत्र लगायतका प्रतिष्ठित प्रकाशनहरुमा उनका रचना पढ्न पाइन्छ ।

 

उनका यी सृजनाहरु नेपाली भाषा साहित्यको लागि संग्रहणीय छन् । उनको योगदान लेखनमा मात्र सीमित छैन । उनले भाषा बचाउने अभियानलाई सामाजिक दायित्वका रूपमा लिएका छन् । स्थानीय संस्कृति, मेलापर्वको संरक्षणमा पनि उनी अग्रपंतिमा देखिन्छन् । मातृभाषाप्रतिको प्रेम, स्थानीय संस्कृति संरक्षणको प्रतिबद्धता र नयाँ पुस्तालाई भाषासँग जोड्ने प्रयास उनका कार्यको महत्वपूर्ण पक्ष हो । स्थानीय स्तरमा तयार पारिने पाठ्यपुस्तक निर्माणमा होस् वा भाषिक सभ्यताको ग्रन्थ सोधकार्यमा होस्, सुदूरपश्चिममा उनको उपस्थिति र संलग्नता अनिवार्य जस्तै मानिन्छ । साहित्यका जुनसुकै विधामा पनि उत्तिकै चासो र दखल राख्ने हुनाले उनी धेरै प्रतियोगिताहरूमा निर्णायकको भूमिकामा समेत आमन्त्रित हुन्छन् । र यसरी आमन्त्रित हुनुमा उनको निष्पक्षता र स्वच्छता प्रमुख कारण बन्दछ ।

 

उनले आफ्नो साहित्यिक जीवनमा नेपाली, डोट्याली भाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि नयाँ स्रष्टाहरूलाई समेत प्रोत्साहित गर्ने र साहित्यिक गतिविधिलाई जनस्तरसम्म पुर्‍याउने प्रयास गरिआएका छन् । स्थानीय लेखक स्रष्टाहरूका पुस्तक तथा फुटकर रचनाहरू समेत गहिरो गरी पढ्ने र त्यसको मिहिन ढङ्गले विवेचना/समीक्षा गर्ने लेखकहरूलाई लेख्न प्रोत्साहन गर्ने गर्दै आएका छन् । यस्ता समालोचनात्मक समीक्षाले लेखकलाई थप परिस्कृत हुन मदत गर्दछ । उनको यो कार्यले थप गहनता र निरन्तरता पाओस् ।

धनगढी, महेन्द्रनगर लगायत सरकारीस्तरबाट होस् वा जनस्तरबाट सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा हुने साहित्यिक गतिविधिमा उनको निरन्तर सक्रियता र छिमेकी मुलुक भारतका सहृदयी लेखक मित्रहरुका निमन्त्रणामा हुने उपस्थिति र नेपालको तर्फबाट आफ्नो ओझिलो प्रस्तुति जगदीश ओझाको व्यक्तित्वको एउटा सुन्दर पक्ष हो ।

उनको अर्को सुन्दर पक्ष आत्मीयता र सरलता हो । भाषा साहित्यमा लामो योगदान हुँदाहुँदै पनि उनमा कुनै बडप्पन देखिँदैन। बरु उनी नयाँ पुस्ताका लेखकहरूसँग बढी घुलमिल गर्न रुचाउँछन् । र उत्तिकै आत्मीयताका साथ संवाद गर्छन् ।

उनले साहित्यलाई प्रतिस्पर्धाको माध्यम होइन, समाजलाई जोड्ने सेतुका रूपमा लिएको पाइन्छ । त्यसैले उनीसँग जोडिएका समकक्षी स्रष्टाहरू पनि उनलाई शिक्षक, साहित्यकार, भाषा अभियन्ता, साहित्यिक पत्रकार, समीक्षक, सम्पादकभन्दा बढी अभिभावक र सबैका प्रेरणास्रोतका रूपमा चिन्दछन् । र उनको सामुहिक यात्रामा हिँड्ने स्वभावले समकक्षी स्रष्टाहरू र उदयमान लेखकहरू समेत लाभान्वित हुने गरेका छन् ।

 

कुनै पनि समाजको पहिचान केवल भूगोलले मात्र निर्धारण गर्दैन । त्यस समाजको भाषा, साहित्य, संस्कृति र तिनको संरक्षणमा जीवन अर्पण गर्ने व्यक्तित्वहरूको योगदान र सम्मानले निर्धारण गर्दछ । आज विश्वव्यापीकरणको प्रभावले स्थानीय भाषा भाषिकाहरूले चुनौतीको सामना गरिरहनु परेको बेला यस्ता साधकहरूको भूमिकालाई थप प्रोत्साहित गर्नु र प्रभावकारी बनाउनु सचेत राज्य र असल नागरिकको कर्तव्य हुन्छ ।

भाषा साहित्य केवल सामाजिक परिदृश्यको ऐना मात्र होइन ।भाषा शब्दहरूको संग्रह मात्रै पनि होइन । यो त एउटा समाजको स्मृति हो । संस्कृतिको सुगन्ध हो र पुस्तौंदेखि पुस्तासम्म बगिरहने सभ्यताको नदी हो । यही नदीलाई सुक्न नदिने काम लेखक साहित्यकारहरूको हुन्छ । साहित्यले समाज बोल्छ । समय बोल्छ । तर भाषा साहित्यले इतिहास, संस्कृति, सभ्यता र समुदायको आत्मा प्रस्फुटन गर्छ । यही आत्मालाई जोगाइराख्न जगदीश ओझाले निरन्तर कलम चलाइआएका छन् भन्नुमा अत्युक्ति नहोला ।

 

हरेक व्यक्तिको एउटा न एउटा वैचारिक मत हुन्छ । वैचारिक भिन्नताकै कारणले उनीजस्ता अनेक स्रष्टाहरू सधैं विकल्पको रोजाइमा पर्छन् । उनीहरुको योगदानको समयमा उचित मूल्याङ्कन, चर्चा परिचर्चा हुँदैन । र समयले बिर्सिदिन्छ एउटा वैचारिक अडेसो तेर्स्याएर । त्यसैले सक्छौं प्रोत्साहन गरौं, सक्दैनौं हतोत्साही नबनाऔं । तर यसो भनिरहँदा पनि उनी गुमनाम चाहिँ छैनन् । उनको साहित्यिक योगदानको जगमा विभिन्न संघ संस्थाहरुले उनलाई उच्च सम्मानका साथ पुरस्कृत गरेका छन् ।

 

उनलाई गुगुल्डी रामरत्ना पुरस्कार २०६४, प्रलेस प्रतिभा पुरस्कार २०७८ कञ्चनपुर, सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान, साहित्यिक पत्रकारिता सम्मान २०८१, मालमहिम मानपान (पुरस्कार), बाट पुरस्कृत गरिएको छ। साथै काभ्रेको बनेपामा २०८२ चैत्रमा जनमत वाङमय प्रतिष्ठान काभ्रेद्वारा प्रदान गरिने जनमत-ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ ।

 

उनले महाकाली साहित्य संगम, त्रिवेणी जनचेतना समाज, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न सामाजिक संघ संस्थाबाट सम्मान / कदर /प्रशंसा पत्र प्राप्त गरेका छन् ।

 

उनको नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रादेशिक अनुसन्धान नेपालका प्रदर्शनकारी कला-७ मा व्यक्तित्व र कृतित्व बारेमा प्रकाशन गरिएको छ ।

उनले नेपाल प्रज्ञा प्रतिष्ठान, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालय, सुदूरपश्चिमाञ्चल साहित्य समाज लगायतका साहित्यिक संघ सस्था, एफ एम रेडियो, एव अनलाइन कार्यक्रमहरुमा कार्यपत्र प्रस्तुत, कार्यक्रम संचालन, साहित्यिक सांस्कृतिक अभियान संचालन समेत गरेका छन् ।

 

यस्तो कार्यबाट भविष्यका पुस्ताले पनि स्थानीय नेपाली भाषा साहित्यको महत्व बुझून् र त्यसको संरक्षणमा सक्रिय बनून् भन्ने प्रेरणा उनको जीवन र साहित्यिक यात्राबाट प्राप्त गर्न सकिन्छ ।

 

मैले उनलाई नजिकबाट हेरेको छु । कुनै पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन । व्यक्तिको व्यवहारमा देखिने सरलता, मित्रतामा झल्किने आत्मीयता र समाजप्रतिको निष्ठाले नै उसलाई बलियो बनाएको हुन्छ । जगदीश ओझामा मैले यो पाएको छु । उनीसँगको प्रत्येक भेटघाटले भाषा, साहित्य र समाजप्रतिको जिम्मेवारीलाई अझ गहिरोसँग महसुस गराएको छ । उनीसँगको मित्रता पनि सिर्जनाको एउटा सुन्दर अध्याय हुन्छ, जहाँ प्रोत्साहन हुन्छ, सद्भाव हुन्छ र सहयात्राको भावना हुन्छ ।

 

हामीले समाजमा धेरै सफल व्यक्तिहरू देख्छौँ, तर सबैले आफ्नो सफलतालाई समाजको सम्पत्तिमा रूपान्तरण गर्न सक्दैनन् । मान्छेले आफूले आर्जन गरेको क्षमता र योग्यतालाई वितरण गर्न सक्यो भने साँच्चिकै यो संसार कति फलदायी हुन्थ्यो होला । डाक्टरले आफ्नो अनुभव, इन्जिनियरले आफ्नो कुशलता, राजनीतिज्ञले आफ्नो जीवनयुद्ध पुस्तकका रूपमा आउने पिढीलाई सुम्पने हो भने साहित्य थप परिभाषित हुन्थ्यो होला ।

 

र अन्त्यमा, आगामी दिनहरूमा पनि वहाँको कलम यत्तिकै सक्रिय रहोस् । भाषा साहित्य सृजनाको आकाश अझ फराकिलो बनोस् । साहित्यिक साधना थप उर्वर रहोस् ।

यही शुभेच्छासहित साहित्यकार, समालोचक, भाषा साधक जगदीश ओझा, ‘जगन्नाथ आत्रेय’ प्रति सुस्वास्थ्यको कामना सहित हार्दिक सम्मान व्यक्त गर्दछु । जय साहित्य !!

 

#एलपी

२०८३/३/२१

धनगढी, कैलाली

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति, नियत र नियती !
विचार/ब्लग

नीति, नियत र नियती !

असार १०, २०८३
ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

असार २१, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३
निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

असार २१, २०८३
सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

असार २१, २०८३
मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

असार २१, २०८३
सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

असार २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व