Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ खल्लगोठमा जैविक तटबन्ध निर्माणको कार्य सुरु गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील (सिआरसी)’ परियोजना अन्तर्गत कृष्णपुर नगरपालिका तथा वडा कार्यालयको सहकार्यमा उक्त क्षेत्रमा १७० मिटर जैविक तटबन्ध निर्माण गरिन लागिएको हो।

जैविक तटबन्ध निर्माणका साथै उक्त क्षेत्रमा बगर संरक्षण कार्यलाई समेत तीव्रताका साथ अगाडि बढाइएको छ। परियोजनाले बगर संरक्षणका लागि डिभिजन वन कार्यालयसँग सहकार्य गरी प्रक्रिया अगाडि बढाएको हो। बगर संरक्षण कार्यक्रम अन्तर्गत १२५० मिटर तारबार गरिने भएको छ जसमा डिभिजन वन कार्यालयले ९०० मिटर तारबार गर्नेछ भने सिआरसी परियोजनाबाट ३५० मिटर तारबार गरिनेछ। 

सिआरसी परियोजनाका संयोजक महेश घिमिरेले मछेली नदीको बाढी र कटानको जोखिममा रहेको खल्लगोठ क्षेत्रलाई सुरक्षित बनाउन र पर्यावरण जोगाउन जैविक तटबन्ध तथा बगर संरक्षणको काम अघि बढाइएको बताउनुभयो। उहाँले तारबार गरिएको बगर क्षेत्रमा नदी नियन्त्रणलाई थप दिगो बनाउन वृक्षारोपणसमेत गरिने जानकारी दिनुभयो। स्थानीय सरकार र डिभिजन वन कार्यालय जस्ता सरोकारवाला निकायको समन्वयमा हुने उक्त वृक्षारोपण र जैविक तटबन्धले दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउने बताउनुभयो।

त्यसै गरी स्थानीय एवम् मछेली सामुदायिक विपद् व्यवस्थापन समितिकी उपाध्यक्ष चन्द्रा देवी देउवाले विगतका दिनहरूमा वर्षायाममा मछेली नदीमा आउने बाढीका कारण यस क्षेत्रमा डुबान र कटानको समस्या भोग्दै आउनुपरेको बताउनुभयो। उहाँले अहिले सुरु भएको जैविक तटबन्ध र तारबारको कामले स्थानीय समुदायमा सुरक्षाको आशा जगाएको बताउनुभयो।

त्यस्तै जनहित महाकाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुनाव बहादुर डङ्गौराले वन र नदी किनारको जमिन संरक्षण गर्न यो संयुक्त प्रयास फलदायी हुने बताउनुभयो। उहाँले जैविक तटबन्धले नदीको बहावलाई रोक्ने र तारबारले बगर क्षेत्रमा हुने क्षति कम गरी वृक्षारोपणलाई समेत प्रवर्धन गर्ने बताउनुभयो।

स्थानीय युवा रोक बहादुर साउदले विपद्को उच्च जोखिममा रहेको आफ्नो गाउँमा समुदायकै सक्रियता र परियोजनाको प्राविधिक सहयोगमा तटबन्ध निर्माण हुनु स्वागतयोग्य रहेको बताउनुभयो। उहाँले यस कार्यलाई प्रभावकारी र दिगो बनाउन स्थानीय बासिन्दा सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभयो

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 
वातावरण

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला
वातावरण

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने
वातावरण

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व