Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सेसेल्समा साहित्यकार गणेश खड्काको ‘नक्शामा नभएको देश’ लोकार्पण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २७, २०८३
सेसेल्समा साहित्यकार गणेश खड्काको ‘नक्शामा नभएको देश’ लोकार्पण
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्का द्वारा लिखित नियात्रा–निबन्धसङ्ग्रह ‘नक्शामा नभएको देश’ पूर्वी अफ्रिकी राष्ट्र सेसेल्स को राजधानी भिक्टोरिया मा लोकार्पण गरिएको छ।

मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौंद्वारा प्रकाशित तथा साहित्यकार–सम्पादक रमेश दाहाल द्वारा सम्पादित उक्त कृतिको लोकार्पण कार्यक्रम जुन ७ मा माहे आइल्याण्डस्थित भिक्टोरियामा सम्पन्न भएको हो।

एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्द को सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि.क. प्रमुख अतिथि तथा अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको स्वागत मन्तव्य एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराई ले राखेकी थिइन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनोज बि.क.ले नेपाली समाजमा कम परिचित रहेको सेसेल्सबारे लेखकले आफ्नो अनुभव र अध्ययनलाई कलात्मक ढङ्गले प्रस्तुत गरेर महत्त्वपूर्ण कृति प्रदान गरेको बताए। उनले उक्त पुस्तकलाई केवल साहित्यिक कृति नभई ऐतिहासिक दस्तावेजका रूपमा समेत लिनुपर्ने धारणा व्यक्त गरे।

लेखक गणेश खड्काले सेसेल्समा रोजगारीका लागि पुगेपछि त्यस देशबारे नेपाली समाजमा पर्याप्त जानकारी नभएको अनुभव गरेको स्मरण गर्दै अनुसन्धान र अध्ययनपछि पुस्तक लेख्ने प्रेरणा पाएको बताए। उनले आफ्ना अनुभव, भोगाइ र अवलोकनलाई पुस्तकमार्फत पाठकमाझ ल्याउन सफल भएको उल्लेख गरे।

सम्पादक रमेश दाहालले पुस्तकलाई नेपाली पाठकका लागि केवल अध्ययन सामग्री नभई समाज, सपना र यथार्थलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने कृतिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार ‘नक्शामा नभएको देश’ समकालीन नेपाली नियात्रा–निबन्ध साहित्यको महत्त्वपूर्ण र गम्भीर कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशक मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसाल ले लेखक नेपाल फर्किएपछि पुस्तकमाथि बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिए।

एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कवि महेन्द्र भट्टराई ले पुस्तकमाथि समीक्षात्मक परिचर्चा गरेका थिए। कार्यक्रमको सहजीकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आर.सी. राई र सदस्य कवि गायत्री कुलुङ ले गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित
साहित्य

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व