Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०८३
विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विश्व वातावरण दिवसको अवसर पारेर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ मा ‘धुवाँका कारण स्वास्थ्य र वातावरणमा पर्ने असर’ विषयक सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

वेदकोट नगरपालिका वडा नम्बर १ स्थित श्री चन्द्र ज्योति ग्रामीण विद्युत सहकारीको सभागृहमा ‘धुवाँ मुक्त गाउँ अभियान कार्यक्रम’ अन्तर्गत उक्त विशेष कार्यक्रम आयोजना गरिएको हो। एसनभी नेपालका FRANKE परियोजना व्यवस्थापक आर्या शरद गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष विनोद विष्ट प्रमुख अतिथि रहनुभएको थियो।

वातावरण संरक्षण र मानव स्वास्थ्य सम्बन्धी सघन चेतना जगाउने उद्देश्यले आयोजित यस कार्यक्रममा वडा भित्रका गणेश आधारभूत विद्यालय, सिद्धनाथ आधारभूत विद्यालय र आस्थापुञ्ज एकेडेमी गरी ३ वटा विद्यालयका झण्डै १५० जना विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त विशेष कार्यक्रमको सञ्चालन संस्थाका क्षेत्र संयोजक शिवराज पनेरुले गर्नुभएको थियो।

यस पटकको कार्यक्रममा मुख्य आकर्षणका रूपमा वक्तृत्वकला प्रतियोगिताका साथै वातावरण दिवसको महत्त्व र वातावरणीय संवेदनशीलता झल्किने कलात्मक चित्रकला प्रदर्शनी (Art Gallery) समेत राखिएको थियो। जहाँ विभिन्न विद्यालयका झण्डै १२ जना विद्यार्थीहरूले वातावरण संरक्षण र धुवाँमुक्त समाजको सुन्दर परिकल्पना गरी तयार पारेका उत्कृष्ट चित्रहरू प्रदर्शनीमा राखेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् कार्यवाहक वडा अध्यक्ष विनोद विष्टले धुवाँयुक्त भान्साका कारण मानव स्वास्थ्य, विशेषगरी महिला र बालबालिकाको फोक्सो र श्वासप्रश्वासमा परिरहेको गम्भीर नकारात्मक असर र त्यसले वातावरणमा पुर्‍याएको दीर्घकालीन क्षतिबारे विस्तृत चर्चा गर्नुभयो। उहाँले परम्परागत चुल्होको विकल्पमा आधुनिक, विद्युतीय र वातावरणमैत्री प्रविधिको प्रयोग बढाएर गाउँलाई पूर्ण रूपमा धुवाँ मुक्त बनाउन यस्ता विद्यालय र समुदाय केन्द्रित चेतनामूलक अभियानहरू निकै प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले धुवाँका कारण स्वास्थ्य र वातावरणमा परिरहेको बहुआयामिक असरबारे आ-आफ्ना तार्किक र चेतनामूलक भनाइहरू प्रस्तुत गरेका थिए भने उपस्थित स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले यस ‘धुवाँ मुक्त गाउँ अभियान’ लाई व्यावहारिक रूपमै सफल पार्न आफ्नो तर्फबाट पूर्ण प्रतिबद्धता रहने बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला
वातावरण

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला

जेष्ठ २७, २०८३
भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण
वातावरण

भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण

जेष्ठ २७, २०८३
सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य
वातावरण

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

जेष्ठ २९, २०८३
सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व