Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व वातावरण दिवस : भीमदत्तमा बृहत् सरसफाई, वृक्षारोपण र जनचेतनामुलक सडक नाटक मञ्चन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०८३
विश्व वातावरण दिवस : भीमदत्तमा बृहत् सरसफाई, वृक्षारोपण र जनचेतनामुलक सडक नाटक मञ्चन
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विश्व वातावरण दिवस-२०२६ कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। “समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ भीमदत्त नगरपालिकामा विश्व वातावरण दिवस-२०२६ भव्य रूपमा मनाइएको हो।

भीमदत्त नगरपालिकाको आयोजना तथा वन डिभिजन कार्यालय कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए नेपाल, डब्ल्यूडब्ल्यूएफ, निड्स नेपाल, अक्स्फाम, पेसवान, प्रेक्टिकल एक्सन, र प्लान इन्टरनेशनल लगायतका साझेदार संस्थाहरू र सरोकारवाला निकायहरूको संयुक्त समन्वय एवम् सहकार्यमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्।

दिवसको अवसरमा वातावरणीय सन्तुलन कायम राख्ने र हरित नगरको परिकल्पनालाई साकार पार्ने उद्देश्यले भीमदत्त बजार क्षेत्रमा बृहत् सरसफाई गरिएको छ। भीमदत्त नगरपालिकाको सडक छेउछाउ र स्थानीय इको पार्कमा व्यापक वृक्षारोपण तथा सरसफाई समेत गरिएको छ। सडकका किनाराहरूमा रोपिएका बिरुवाहरूले नगरको हरियाली, वातावरणीय संरक्षण साथै सौन्दर्यकरणमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले वातावरण संरक्षणको महत्त्वबारे चेतनामूलक सडक नाटक मञ्चन गरेको थियो। कार्यक्रमा वन डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले वन र वातावरणको संरक्षण केवल एउटा निकायको मात्र नभई सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता वृक्षारोपण र पर्यावरणमैत्री अभियानहरूले भविष्यको पुस्ताका लागि प्राकृतिक स्रोत जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै भीमदत्त नगरपालिकाको वन वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखाका संयोजक प्रकाश थापाले नगरलाई हरित र सफा राख्न नगरपालिका निरन्तर लागिपरेको बताउँदै बजार क्षेत्रको फोहोर व्यवस्थापन र सडक छेउमा गरिएका वृक्षारोपणको संरक्षणका लागि स्थानीय नागरिकहरूको सक्रिय भूमिका र अपनत्व आवश्यक रहने कुरामा उहाँले जोड दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) का संयोजक राज कुमार सुनारले सुदृढ परियोजना मार्फत नगरपालिका र अन्य साझेदार संस्थाहरूसँग मिलेर हरित नगरको अवधारणालाई व्यवहारमा उतार्न पाउनु सुखद रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलनका लागि वृक्षारोपण र सरसफाई अभियान मात्र नभई समुदायस्तरमै सचेतना जगाउनु आवश्यक रहेको औंल्याउँदै वातावरण संरक्षणका यस्ता हरेक महाअभियान र दिगो विकासका प्रयासहरूमा एनएनएसडब्ल्युए ले आगामी दिनमा पनि आफ्नो प्राविधिक तथा संस्थागत सहकार्यलाई अझ सघन र निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टको सञ्चालन गर्नुभएको थियो।

उक्त कार्यक्रममा नेपाल प्रहरी (सुरक्षा निकाय), विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, सुदूरपश्चिम विश्वविद्यालयका प्रतिनिधिहरू, उत्थानशील युवा सञ्जाल भीमदत्त नगरपालिका, स्थानीय सरोकारवाला तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला
वातावरण

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला

जेष्ठ २७, २०८३
भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण
वातावरण

भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण

जेष्ठ २७, २०८३
सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य
वातावरण

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

जेष्ठ २९, २०८३
सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व