Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको बाढी जोखिमयुक्त कुतियाकबर बस्तीमा कृत्रिम घटना अभ्यास

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ २२, २०८३
कञ्चनपुरको बाढी जोखिमयुक्त कुतियाकबर बस्तीमा कृत्रिम घटना अभ्यास
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विश्व वातावरण दिवसका अवसरमा कञ्चनपुरको सबैभन्दा बढी बाढी जोखिमयुक्त मानिने दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० स्थित कुतियाकबरमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ। मनसुन भित्रिनै लाग्दा समुदायलाई सम्भावित जोखिमबाट बचाउन र पूर्वतयारी अवस्थामा राख्न कुतियाकबर सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनामा उक्त अभ्यास गरिएको हो।

दोधाराचाँदनी नगरपालिकासँगको समन्वय तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील (सिआरसी)’ परियोजना, एनएनएसडब्लुए र डिसिए नेपालद्वारा सञ्चालित ‘सुदृढ’ परियोजना र निड्स नेपालको प्राविधिक सहकार्यमा कृत्रिम घटना अभ्यास गरिएको हो।

वर्षेनी मनसुन सुरु भएसँगै बाढीको त्रासमा रहने यस क्षेत्रमा महाकाली नदी र जगबुडा नदीका कारण डुबान र कटानको जोखिम उच्च रहने गर्दछ। बाढी आएको अवस्थामा बाह्य सहयोग पुग्नु अगावै समुदाय स्तरमै तत्काल कसरी खोज तथा उद्धार गर्ने, सूचनाको आदानप्रदान कसरी चुस्त राख्ने र सुरक्षित आश्रयस्थलसम्म कसरी पुग्ने भन्ने विषयलाई व्यावहारिक रूपमा प्रदर्शन गर्न स्थानीय बासिन्दा आफैँ सक्रियताका साथ पूर्वअभ्यासमा जुटेका थिए।

कुतियाकबर सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव बसन्ती सुनारले आफू र आफ्नो समुदायलाई बाढी जस्तो विपद्को बेला कसरी सुरक्षित राख्ने, पूर्वसूचनाहरू कसरी समयमै सम्बन्धित ठाउँमा पुर्‍याउने, कोसँग समन्वय गर्ने, कसरी प्रतिकार्य गर्ने तथा सुरक्षित स्थानमा कसरी बस्ने लगायतका बारेमा समुदायलाई सचेत गराउन अभ्यास निकै प्रभावकारी रहेको बताउनुभयो। उहाँले विगतका वर्षहरूमा पनि यस्ता अभ्यासहरू गर्दै आएको स्मरण गर्दै यस वर्ष पनि मनसुनको पूर्वसन्ध्यामा गरिएको कृत्रिम अभ्यासले वर्षेनी बाढीको त्रासमा रहने कुतियाकबरबासीको आत्मविश्वास र पूर्वतयारीलाई अझ बलियो बनाएको बताउनुभयो।

सिआरसी परियोजनाका संयोजक महेश घिमिरेले दोधाराचाँदनी नगरपालिका आफैँमा विपद्को उच्च जोखिममा रहेको पालिका भएको र त्यसमा पनि कुतियाकबर बस्ती वर्षेनी महाकाली र जगबुढा नदीको बाढीका कारण प्रत्यक्ष प्रभावित हुने गरेको बताउनुभयो। बाढी आइसकेपछि अत्तालिनु भन्दा आउनु अगावै समुदायलाई मानसिक र व्यावहारिक रूपमा तयार राख्न कृतिम घटना अभ्यास गरिएको उहाँले बताउनुभयो।

यसैगरी, वातावरण दिवसकै अवसर पारेर महाकाली तटीय क्षेत्रमा व्यापक वृक्षारोपण समेत गरिएको संयोजक घिमिरेले जानकारी दिनुभयो। उहाँले तराईका जिल्लाहरूमा वर्षेनी तापक्रम तीव्र रूपमा वृद्धि भइरहेको र जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार कञ्चनपुरका पालिकाहरूमध्ये दोधाराचाँदनी नगरपालिकामा तातो हावाको लहरको सम्भावना सबैभन्दा बढी रहने देखिएकाले जोखिम न्यूनीकरणका लागि वृक्षारोपण अभियानलाई पनि जोड दिइएको बताउनुभयो।

बाढीको कृत्रिम घटना अभ्यासमा दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिक, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला
वातावरण

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला

जेष्ठ २७, २०८३
भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण
वातावरण

भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण

जेष्ठ २७, २०८३
सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य
वातावरण

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

जेष्ठ २९, २०८३
सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व