Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १८, २०८३
बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

चितवन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई उद्योग तथा व्यवसायमैत्री बनाउने तयारी गरिरहेको बताएका छन्।

चितवनमा रहेको प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने जानकारी दिए। उनले उद्योगमैत्री नीति तथा कार्यक्रममार्फत व्यवसायीलाई थप प्रोत्साहन गर्ने योजना रहेको उल्लेख गरे।

उनका अनुसार वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगहरूलाई बैंक ब्याजमा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम कार्यान्वयनको चरणमा छ। साथै, यस्ता उद्योगलाई सहुलियतपूर्ण कर्जामा पहुँच दिलाउने नीति पनि अघि बढाइएको छ।

मुख्यमन्त्री बानियाँले ऊर्जा क्षेत्रलाई उत्पादनसँग जोड्ने रणनीति प्रदेश सरकारले अघि सारेको बताउँदै उद्योगी–व्यवसायीसँग सहकार्य गरेर औद्योगिक विकासलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, निर्माण क्षेत्रमा आधुनिक र वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यले स्थापना भएको Prefab Panel Nepal Pvt. Ltd. ले “स्मार्ट प्यानल” सहितका निर्माण सामग्री बजारमा सफलतापूर्वक विस्तार गरेको जनाएको छ।

बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार

कम्पनीका अनुसार EPS Cement/Calcium Based Smart Panel, हलुका ब्लक तथा नेट प्यानल जस्ता उत्पादनहरूले आधुनिक निर्माणलाई छिटो, सस्तो र दिगो बनाउन सहयोग पुर्‍याइरहेका छन्।

हाल कम्पनीले नेपालका ५० भन्दा बढी जिल्लामा आफ्नो उत्पादन वितरण विस्तार गरिसकेको छ। आगामी दिनमा उत्पादन क्षमता वृद्धि, वितरण सञ्जाल विस्तार तथा करिब ५० करोड रुपैयाँसम्म लगानी विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ। साथै निकट भविष्यमा आईपीओ जारी गर्ने योजना समेत रहेको जनाएको छ।

कम्पनीले आधुनिक निर्माण प्रविधिमार्फत देशको औद्योगिक विकास र आत्मनिर्भरतामा योगदान दिने प्रतिबद्धता जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एसियन स्मार्ट एग्रोको बृहत् अन्तरक्रिया सम्पन्न, निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने प्रतिबद्धता
अर्थ/ब्यापार

एसियन स्मार्ट एग्रोको बृहत् अन्तरक्रिया सम्पन्न, निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने प्रतिबद्धता

जेष्ठ १८, २०८३
फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित
अर्थ/ब्यापार

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

जेष्ठ १७, २०८३
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता
अर्थ/ब्यापार

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

जेष्ठ १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु

काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु

जेष्ठ १८, २०८३
बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार

बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार

जेष्ठ १८, २०८३
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

जेष्ठ १८, २०८३
एसियन स्मार्ट एग्रोको बृहत् अन्तरक्रिया सम्पन्न, निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने प्रतिबद्धता

एसियन स्मार्ट एग्रोको बृहत् अन्तरक्रिया सम्पन्न, निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने प्रतिबद्धता

जेष्ठ १८, २०८३
रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि

रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि

जेष्ठ १८, २०८३
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

जेष्ठ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व