आईपीएल क्रिकेटमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबीले उपाधि रक्षा गर्ने सम्भावना बलियो बनाएको हो । धर्मशालामा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनायो । आरसीबीका कप्तान रजत पाटीदारले अविजित ९३ रनको शानदार इनिङ्स खेले । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रनको योगदान दिए ।
२५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्स १९ ओभर ३ बलमा १६२ रनमै अलआउट भयो । आरसीबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै गुजरातलाई दबाबमा राखेका थिए । यस हारसँगै गुजरात फाइनल पुग्नबाट वञ्चित भए पनि अब उसले दोस्रो अवसर पाउनेछ । गुजरातले फाइनल प्रवेशका लागि सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग खेल्नेछ ।
गएको संस्करणमा पञ्जाबलाई हराउँदै आरसीबीले आईपीएल उपाधि जितेको थियो । यसपटक पनि टोली लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा रहेको छ । आईपीएलको इलिमिनेटर खेलमा आज बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स आमनेसामने हुँदैछन् ।










Discussion about this post