Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, पाँच बुँदे प्रतिबद्धता घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १०, २०८३
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, पाँच बुँदे प्रतिबद्धता घोषणा
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज — पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा गाउँपालिका परिसरमा आयोजित उक्त कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो चौमासिकभित्र प्रदान गरिएका सेवा–सुविधाको प्रभावकारिताबारे समीक्षा गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाले आगामी दिनमा कार्यान्वयन गर्ने गरी विभिन्न पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। जसअन्तर्गत शैक्षिक अनुदान तथा सुधारका कार्यक्रमलाई थप व्यवस्थित र पारदर्शी बनाउने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषा समावेश गर्ने, वडा नं. ३ मा रहेको गौशालालाई व्यवस्थापन गर्ने लगायतका विषय समेटिएका छन्।

यस्तै, वडा नं. ३ को वन्जाडे गाउँमा कृषि सिँचाइका लागि विद्युत पोल जडान प्रक्रिया अगाडि बढाउने, वडा नं. ४ मा देखिएको खानेपानी समस्या समाधान गर्ने तथा लक्षित वर्ग उत्थान कार्यक्रमलाई थप पारदर्शी र प्रभावकारी बनाउँदै आगामी आर्थिक वर्षमा बजेट वृद्धि गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

करिब एक घण्टा लामो खुला छलफलमा गाउँपालिका अध्यक्ष छब्बन खाँ प्रमुख सरोकारवाला व्यक्तिका रूपमा सहभागी रहेका थिए। साथै उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा सहभागीहरूले विकास निर्माणमा ढिलासुस्ती, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा लक्षित वर्ग उत्थान कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। सहभागीहरूमा अनिल मिश्र, रसिद अहमद राई, राजन बर्मा, मोहन बिष्ट, कमलेश कुमार मिश्र, रामानन्द तमोली र धर्म गोडिया लगायत रहेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्वागत मन्तव्यसहित नागरिक तथा बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए भने निर्देशक हेमराज भट्टले सार्वजनिक प्रतिबद्धता वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
मुख्य समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो
मुख्य समाचार

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३
सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

साउन २०, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंक नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुपर्छ : अर्थमन्त्री स्वर्णीम वाग्ले

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व