Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जीवनका लागि गीता ज्ञान: समसामयिक चुनौती र व्यवहारिक उत्तर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १०, २०८२
जीवनका लागि गीता ज्ञान: समसामयिक चुनौती र व्यवहारिक उत्तर
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

नेपाल अहिले असंख्य चुनौतीहरूको जञ्जालभित्र छ। राजनीतिक अस्थिरता, आर्थिक असमानता, प्रशासनिक कमजोरी र सामाजिक विभाजनले दैनिक जीवनलाई असर पुर्‍याइरहेका छन्। यी समस्याहरू अलग अलग देखिए पनि तिनीहरू आपसमा अटुट रूपमा जडित छन् र एउटा अर्कोलाई बल दिन्छन्। त्यो जटिलता बुझ्नका लागि मात्र होइन, समाधान खोज्नका लागि हामीलाई गहिरो, समालोचनात्मक र व्यावहारिक नजर चाहिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै यहाँ गहिरोसँग अहिलेको अवस्था विश्लेषण गर्ने र व्यवहारिक उपाय प्रस्ताव गर्ने प्रयास गरिएको छ।

पहिलो कुरो यो हो कि समस्या केवल संरचनागत वा संस्थागत मात्र होइन। राजनीतिक फुटसल र व्यक्तिगत स्वार्थले नीतिगत दायरा छोटो बनाएको छ। जब नीति दिनान्त हुनासाथ परिवर्तन हुन्छ र परियोजना निरन्तरता हराउँछ, तब विकासको गति ढिलो हुन्छ र स्रोतहरू दुरुपयोगमा जान्छन्। यस्तो परिस्थितिमा लोकतन्त्रको मूल भावना ुनागरिक सहभागिता र पारदर्शिताु कमजोर पर्छ। परिणामस्वरूप नागरिकहरूमा अविश्वास बढ्छ र उनीहरूले औपचारिक संस्थामा न्याय खोज्न छोड्छन्। यसले दीर्घकालीन सामाजिक तनावलाई जन्म दिन्छ।

अर्को निर्णायक तत्व भनेको आर्थिक असमानता हो। ग्रामीण भेगको कृषिजन्य अर्थतन्त्रले पर्याप्त आय नदिँदा युवा शहरीकृत हुन बाध्य छ। शहरी केन्द्रहरूमा रोजगारी छैन र पर्यटन तथा सेवा क्षेत्रमा अस्थायी रोजगारीले स्थायी आर्थिक सुरक्षा प्रदान गर्न सकिरहेको छैन। यो आर्थिक असन्तुलनले परिवार र समुदायको संरचना भत्काउँछ, पारिवारिक समर्थन कमजोर हुन्छ र मानिसहरूमा निराशा बढ्छ। निराशाले सामाजिक अपराध, आत्महत्या र मानसिक स्वास्थ्य समस्या बढाउने जोखिम पैदा गर्छ।

शिक्षा र बौद्धिक संस्कृतिको अवस्थाले पनि समस्यालाई नबुझ्ने र परिवर्तनविरुद्ध निष्क्रियताको बहाना बढाएको छ। शिक्षा प्रणाली अक्सर पाठ्यपुस्तक र परीक्षा केन्द्रित हुन्छ, जहाँ आलोचनात्मक चिन्तन र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिइँदैन। विश्वविद्यालय र अनुसन्धान केन्द्रले नीति निर्माणसँग जोडिने काम कम गर्दा ज्ञान र व्यवहारिक समाधानबीचको खाडल बढेको छ। बौद्धिक वर्गले मिटिङ र कन्फरेन्समा चर्चा भने गर्छ तर सार्वजनिक विमर्शमा तिनको प्रभाव सीमित देखिन्छ। जब बौद्धिक शक्ति नागरिक चेतना र नीति प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदैन, तब समाधानले सतहमा नै रहने सम्भावना बढी हुन्छ।

सञ्चार माध्यम र सूचना प्रवाहको गुणस्तर पनि निर्णायक छ। मिडिया र सामाजिक सञ्जालले सूचना छिटो पुर्‍याउँछन् तर तथ्य जाँच र सन्दर्भको मूल्याङ्कनको अभ्यास कमजोर हुँदा अफवाह र विभाजनकारी सामग्री फैलिन सक्छ। हाइपर(इमोशनल सामग्रीले राजनीतिक र सामाजिक विद्ध्वंसलाई प्रोत्साहन गर्दछ। मिडियाले जिम्मेवार रिपोर्टिङ र स्वतन्त्र तथ्यपरक जाँच स्थापित गर्नु पर्‍यो, भने उपभोक्ताले पनि सूचना उपभोग गर्दा स्रोत र प्रमाणको ध्यान राख्नुपर्छ।

मानसिक स्वास्थ्यको सांस्कृतिक स्वीकृति कम हुनु पनि एक ठूलो समस्या हो। पिडा, तनाव र असुरक्षाले मनोवैज्ञानिक दुख दिन्छ। तर समाजले अक्सर यसलाई नदेख्ने वा लज्जास्पद मान्ने व्यवहार गर्छ। यसले उपचार खोज्ने प्रक्रिया ढिलाइ गर्छ र दीर्घकालीन असरहरू जन्माउँछ। ध्यान, परामर्श र समुदाय(आधारित समर्थनले व्यक्तिको संवेदनशीलता घटाउन र सामाजिक सहिष्णुता बढाउन सहयोग गर्छ।

यी सबै समस्याहरूको समाधानले केवल औपचारिक संरचना सुधार मात्र होइन व्यक्तिगत चेतना र नैतिकता परिवर्तन पनि माग्छ। भगवत गीताले जुन कर्म, ज्ञान र समत्वको दर्शन दिएको छ, त्यसलाई ऐतिहासिक धार्मिक सिद्धान्तको सन्दर्भमा मात्र सीमित नगरि व्यवहारिक निर्देशनका रूपमा लिनुपर्छ। कर्मयोग गीता ज्ञानको पहिलो र अत्यन्त व्यवहारिक पक्ष हो, जसले कर्तव्यलाई केन्द्रमा राख्छ र फलको आसक्तिबाट मुक्त भएर काम गर्न सिकाउँछ। नेपालको वर्तमान सन्दर्भमा हेर्दा, सार्वजनिक सेवा, राजनीति, शिक्षा र प्रशासनमा देखिने धेरै समस्या परिणाममुखी सोचबाट जन्मिएका छन्। पद, लाभ, शक्ति र व्यक्तिगत फाइदाको अपेक्षाले निर्णयहरू प्रभावित हुँदा नीति अस्थिर बन्छ र जनहित ओझेलमा पर्छ। कर्मयोगले भनेको कर्तव्यपरायणता हो, जहाँ शिक्षकले पदोन्नति वा सुविधा भन्दा विद्यार्थीको भविष्यलाई प्राथमिकता दिन्छ, कर्मचारीले सरुवा वा लाभको डरभन्दा सेवाग्राहीको अधिकारलाई अघि राख्छ, र नेताले चुनावी लाभभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई महत्व दिन्छ। उदाहरणका रूपमा, स्थानीय तहमा कुनै जनप्रतिनिधिले बजेट खर्च गर्दा प्रचारको लोभमा अनावश्यक योजना ल्याउनुको सट्टा दीर्घकालीन खानेपानी, शिक्षा वा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा लगानी गर्नु कर्मयोगकै व्यवहारिक रूप हो। जब कर्म फलभन्दा माथि उठेर गरिन्छ, तब सार्वजनिक विश्वास स्वतः बलियो बन्छ र संस्थागत सुशासनको आधार तयार हुन्छ।

ज्ञानयोग गीता ज्ञानको दोस्रो महत्वपूर्ण पक्ष हो, जसले अन्धविश्वास, भावनात्मक आवेग र सतही धारणाभन्दा माथि उठेर विवेक, तर्क र प्रमाणमा आधारित निर्णय गर्न आग्रह गर्छ। नेपालको सामाजिक र राजनीतिक जीवनमा धेरै निर्णयहरू तथ्यभन्दा भावना, हल्ला र दलगत आग्रहबाट निर्देशित हुने गरेको देखिन्छ। नीति निर्माणमा गहिरो अध्ययन, अनुसन्धान र तथ्यगत विश्लेषणको अभाव हुँदा समाधान अस्थायी हुन्छन्। ज्ञानयोगले सिकाउने कुरा के हो भने, कुनै समस्या समाधान गर्नु अघि त्यसको जड, संरचना र प्रभाव बुझ्नुपर्छ। उदाहरणका लागि, बेरोजगारी समस्या समाधान गर्न केवल तालिम वितरण गर्नु पर्याप्त हुँदैनस श्रम बजार, शिक्षा प्रणाली, निजी क्षेत्रको क्षमता र स्थानीय सम्भावनाको गहिरो विश्लेषण आवश्यक हुन्छ। विश्वविद्यालय, अनुसन्धान संस्था र बौद्धिक वर्गले ज्ञानयोगको अभ्यास गर्दै नीति निर्मातालाई प्रमाणमा आधारित सुझाव दिन सके, निर्णयको गुणस्तर सुधार हुन्छ। ज्ञानयोगले नागरिकलाई पनि सचेत बनाउँछ, जसले राजनीतिक भाषण र सामाजिक मिडियाको भावनात्मक प्रभावभन्दा तथ्य र तर्कको आधारमा आफ्नो धारणा बनाउने क्षमता विकास गर्छ।

समत्व गीता ज्ञानको तेस्रो र अत्यन्त आवश्यक पक्ष हो, जसले सफलता र असफलता, प्रशंसा र आलोचना, लाभ र हानिमा समान मानसिक सन्तुलन राख्न सिकाउँछ। नेपालको वर्तमान परिवेशमा समाज अत्यन्त ध्रुवीकृत छ, जहाँ सानो असहमति पनि द्वन्द्व र घृणामा रूपान्तरित हुन्छ। राजनीति, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा भावनात्मक अतिवाद हावी हुँदा संवादको संस्कृति कमजोर बन्दै गएको छ। समत्वले नेतृत्वलाई आलोचनाबाट विचलित नहुने र सफलतामा अहंकार नगर्ने मानसिकता दिन्छ। नागरिक स्तरमा पनि समत्वले असहमति सहने, फरक विचारलाई सुन्ने र शान्त ढंगले प्रतिक्रिया दिने संस्कार विकास गर्छ। उदाहरणका रूपमा, कुनै सार्वजनिक नीति वा निर्णयप्रति असन्तुष्टि हुँदा हिंसा, अपशब्द वा ध्वंस होइन, संवाद, बहस र कानुनी प्रक्रियामार्फत असहमति व्यक्त गर्नु समत्वको अभ्यास हो। जब समाजमा समत्वको चेतना बलियो हुन्छ, तब सामाजिक तनाव घट्छ, सहिष्णुता बढ्छ र दीर्घकालीन स्थायित्व सम्भव हुन्छ। यस अर्थमा, समत्व केवल व्यक्तिगत शान्तिको साधन होइन, सामाजिक सद्भाव र लोकतान्त्रिक संस्कृतिको मेरुदण्ड पनि हो।

व्यवहारमा लागू गर्ने कुरा सरल छैन तर असम्भव पनि होइन। शिक्षा प्रणालीबाट सुरु गर्नुपर्छ। पाठ्यक्रम र शिक्षण विधि बदल्नुपर्छ ताकि विद्यार्थीहरूलाई प्रश्न सोध्न, अनुसन्धान गर्न र सामाजिक उत्तरदायित्व लिन प्रेरित गरियोस। विद्यालय र विश्वविद्यालयमा परियोजना(आधारित सिकाइ, स्थानीय समुदायसँग जोडिएका अनुष्ठान र सार्वजनिक नीति समिक्षा क्लिनिक जस्ता अभ्यासहरूले विद्यार्थीलाई सक्रिय नागरिक र समाधानकर्ता बनाउँछन्। शिक्षकहरूलाई मात्र नयाँ टेक्निक र सामग्री दिएर काम सकिँदैनस उनीहरूको कार्यशैली, मूल्य र आचार(व्यवहारमा परिवर्तन ल्याउन आवश्यक प्रशिक्षण र सहयोग प्रणाली चाहिन्छ।

सरकारी तहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न प्रविधिको उपयोग गर्दा अर्थपूर्ण सुधार सम्भव छ। स्थानीय तहबाट बजेट र योजनाका सामग्रीहरू खुला राख्दा नागरिकहरूले प्रत्यक्ष निगरानी गर्न सक्छन्। अनलाइन प्लेटफर्महरूमा परियोजना प्रगति, खरिद प्रक्रिया र परिणाम उपलब्ध गराउनाले भ्रष्टाचार घट्छ र मानिसमा भरोसा फर्किन्छ। तर प्रविधिले मात्र समाधान गर्दैनस नागरिक साक्षरता र पहुँच नहुने ठाउँमा वैकल्पिक समावेशी मुद्धाहरू पनि लागू गर्नुपर्छ।

सञ्चार क्षेत्रले आफ्नो पेशागत मान्यतालाई पुनर्निर्धारण गर्नुपर्छ। पत्रकारिता केवल समाचार दिने काम होइनस यो सार्वजनिक हितको रक्षक हुनुपर्छ। विज्ञापन र राजनीतिक दबाबसँग सन्तुलित रहने मापदण्ड र स्वतन्त्र तथ्य(जाँच निकायको स्थापना आवश्यक छ। उपभोक्तालाई पनि डिजिटल साक्षरतामा प्राविधिक शिक्षा दिनु पर्ने हुन्छ ताकि उनीहरूले फेक न्यूज र दिगभ्रमित सामग्रीबाट आफूलाई बचाउन सकून्।

अर्थतन्त्रमा दीर्घकालीन रणनीति चाहिन्छ। कृषिमा मूल्य श्रृंखला सुधार, स्थानीय प्रशोधन र बजार पहुँच बढाउन सकिए युवा जोश र ग्रामिण अर्थतन्त्र सशक्त हुन्छ। सानो तथा मझौला उद्यमहरूलाई वित्तीय सेवा, प्रविधि र व्यापार सञ्जाल मार्फत उत्थान गरिए रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटन, हरियो उर्जाजस्ता दीगो क्षेत्रहरूमा लगानीले मात्र राजस्व बढ्दैन समाजमा नवअवसर सिर्जना हुन्छ। यी कदमले शहरीकरणमा निर्भरता घटाउँछ र आर्थिक असमानता कम गर्न सहयोग गर्छ।

समुदायभित्रको सहकार्य र स्थानीय नेतृत्वको सक्रियता महत्त्वपूर्ण छ। ग्रामसभा, महिला समूह र युवा उद्यमी नेटवर्कहरूले सीमित स्रोतहरू एकीकृत गरेर समृद्धि र आपतकालीन तयारी दुवैमा योगदान पुर्‍याउन सक्छन्। स्थानीय स्तरबाट सुरु भएका सफल परियोजनाहरूले राज्य र राष्ट्रिय नीति निर्माणमा नमुना पेश गर्दछन्। सफल नमूनाहरू सार्वजनिकरण गरिनु जरुरी छ ताकि अरू समुदायले सिकुन् र प्रयोग गर्न सकून्।

मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउनु अपरिहार्य छ। प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मनोचिकित्सकीय परामर्श र समुदायमा स्वागतयोग्य सहायता प्रणाली राखिँदा सामाजिक हिंसा र आत्महत्याको दर घटाउन सकिन्छ। यसका लागि प्रशिक्षण, बजेट र सांस्कृतिक संवेदनशीलता चाहिन्छ। मानसिक स्वास्थ्यलाई सामाजिक कल्याणको मुख्य अंग मानिने नीति आवश्यक छ।

यी सबै प्रयासहरूलाई सफल बनाउन नेतृत्वको चरित्र परिवर्तन आवश्यक छ। नेताले पारदर्शिता, दायित्व र जनहितलाई सार्वभौम प्राथमिकता बनाउनु पर्छ। राजनीतिक दलले पनि छोटो चुनावी लाभभन्दा दीर्घकालीन राष्ट्रहितमा ध्यान दिनु पर्छ। यसको लागि पार्टी भित्र एथिक्स कोड, खुला आर्थिक विवरण र बहुस्तरीय जवाफदेहिता प्रक्रिया अपनाउन सकिन्छ। जब नेतृत्व जवाफदेही र ईमानदार हुन्छ, तब मात्र संस्थागत पुनर्निर्माण सम्भव हुन्छ।

भ्रम, डर र व्यक्तिगत स्वार्थले नागरिक चेतना मौन बन्नुपर्ने बाध्यता सिर्जना गरेको छ। यसलाई तोड्न बौद्धिक वर्ग, शिक्षक, पत्रकार र नागरिक संस्थाहरूले मिलेर सार्वजनिक क्षेत्रको पुनरुत्थानका लागि अगाडि आउनुपर्छ। आलोचनात्मक विमर्श, प्रमाणमा आधारित बहस र सांस्कृतिक संवादले सामाजिक सहमति निर्माण गर्न सकिन्छ। तब मात्र नीतिहरू प्रयोगात्मक भई सफल नमूना बनेर फैलिन सक्छन्।

त्यसैले, व्यक्तिगत परिवर्तन र सार्वजनिक सुधार सँगसँगै चल्नुपर्छ। गीता ज्ञानले कर्ममा निष्ठा, ज्ञानमा विवेक र हृदयमा समत्व राखेर व्यवहार गर्दा नै समाजमा अर्थपूर्ण परिवर्तन सम्भव हुन्छ भन्ने कुरालाई नै जोड दिएको पाइन्छ। सिद्धान्त र अभ्यास बिनाको विचार मात्र आकाशमा उड्ने कथा बनेर रहन्छ। त्यसैले आजको कदम सानो भए पनि सङ्गठित, दिगो र पारदर्शी हुनु आवश्यक छ। व्यक्तिगत रूपमा आत्मचिन्तन गर्ने, सामुदायिक रूपमा आवाज उठाउने र संस्थागत रूपमा सुधारका माग राख्ने प्रक्रिया निरन्तरता पाउँदा मात्र हामीले नेपाली समाजलाई समृद्धि र न्यायतर्फ अघि बढाउन सक्छौं।

समग्रमा हेर्दा, नेपालको वर्तमान संकट केवल नीति, संरचना वा नेतृत्वको असफलताबाट मात्र जन्मिएको होइन, त्यो हाम्रो सामूहिक सोच, आचरण र जिम्मेवारीबोधको कमजोरीसँग गहिरो रूपमा जोडिएको छ। यहीँ कर्मयोग, ज्ञानयोग र समत्वको गीता दर्शनले मार्ग देखाउँछ। कर्तव्यलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्ने संस्कार, विवेक र प्रमाणका आधारमा निर्णय गर्ने बौद्धिक साहस, र असहमति तथा चुनौतीबीच पनि मानसिक सन्तुलन कायम राख्ने चेतनाले मात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ। जब शिक्षक, कर्मचारी, पत्रकार, विद्यार्थी, बौद्धिक वर्ग र नेतृत्व सबैले आफ्नो भूमिकालाई व्यक्तिगत लाभभन्दा सार्वजनिक हितसँग जोड्छन्, तब सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्थायित्व कुनै आदर्श नारामा सीमित रहँदैनन्, व्यवहारिक यथार्थ बन्छन्। त्यसैले गीता ज्ञान आजका लागि कुनै धार्मिक स्मृति होइन, जिम्मेवार नागरिक जीवनको व्यावहारिक मार्गदर्शन हो। यही चेतनाको अभ्यासबाट मात्र हामी व्यक्तिगत सुधारबाट सामूहिक रूपान्तरणतर्फ अघि बढ्न सक्छौं, र नेपाललाई विश्वास, सहिष्णुता र न्यायमा आधारित समुन्नत समाजतर्फ डोर्याउन सक्छौं।

✍️ लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व