Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा प्रभावमा आधारित मौसम पूर्वानुमान तथा पूर्वकार्य कार्यविधि समिक्षा कार्यशाला सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ५, २०८२
कञ्चनपुरमा प्रभावमा आधारित मौसम पूर्वानुमान तथा पूर्वकार्य कार्यविधि समिक्षा कार्यशाला सम्पन्न
0
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा प्रभावमा आधारित मौसम पूर्वानुमान (Impact Based Forecasting–IBF) तथा पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यविधि सम्बन्धी समिक्षा कार्यशाला सम्पन्न भएको छ। दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाको समन्वयमा आयोजना गरिएको उक्त कार्यशाला नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपाल द्वारा सञ्चालित सुदृढ परियोजना अन्तर्गत सञ्चालन गरिएको हो।

कार्यशालामा इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) तथा जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहजिकरण रहेको थियो।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यशालामा मौसम तथा वातावरणका विज्ञ, जनप्रतिनिधि, उत्थानशील युवा सञ्जाल, विपद् व्यवस्थापन समिति तथा सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय आपतकालीन सञ्चालन केन्द्रका प्रतिनिधि, वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

कार्यशालाको उद्देश्य प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्नु, विगतमा भएका अभ्यासहरूको समिक्षा गर्नु तथा भविष्यमा पूर्वानुमानलाई आधार मानेर समयमै पूर्वकार्य (Anticipatory Action) गर्न स्थानीय तहलाई थप सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले परियोजनामार्फत प्रभावमा आधारित मौसम पूर्वानुमान क्षेत्रमा गरिएको काम, सिकाइ तथा चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। उनले जोखिममा आधारित पूर्वानुमान प्रणालीले सम्भावित क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सबिन रावलले मनसुन अवधिमा नगरपालिकाले सञ्चालन गरेका विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका गतिविधिबारे जानकारी गराउँदै प्रभावमा आधारित पूर्वानुमानलाई स्थानीय योजनासँग जोडेर कार्यान्वयन गरिएको अनुभव साझा गरेका थिए। त्यस्तै दोधाराचाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले मनसुन अवधिमा गरिएका गतिविधि, देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे प्रस्तुतीकरण प्रस्तुत गरेका थिए।

इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) की मौसमविद् मनिषा केसीले प्रभावमा आधारित मौसम पूर्वानुमानको वैज्ञानिक अवधारणा, जोखिम विश्लेषण विधि तथा स्थानीय तहमा यसको प्रयोगात्मक महत्वबारे प्रष्ट पारेकी थिइन्। उनले मौसम पूर्वानुमानलाई व्यवहारिक निर्णयसँग जोड्न सके विपद् व्यवस्थापन अझ प्रभावकारी हुने बताइन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का निमित्त कार्यकारी प्रमुख विनोद विक्रम जैरूले मौसम पूर्वानुमानको सूचना समयमै सरोकारवालासम्म पुर्‍याउन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताए।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीले सम्भावित जोखिमलाई समयमै पहिचान गर्न सहयोग पुग्ने बताउँदै यस प्रणालीको विश्वसनीयता पछिल्ला वर्षहरूमा थप सुदृढ हुँदै गएको उल्लेख गरे। उनले मौसम पूर्वानुमानलाई केवल सूचना आदान–प्रदानमा सीमित नराखी स्थानीय तहको योजना, विपद् पूर्वतयारी र पूर्वकार्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताए। स्थानीय तह, सरोकारवाला निकाय र मौसम विज्ञान विभागबीचको सहकार्य बलियो भएमा पूर्वानुमानको प्रभावकारी कार्यान्वयन भई जनधनको क्षति न्यूनिकरण गर्न सकिने धारणा उनले व्यक्त गरे।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले मौसम पूर्वानुमानलाई योजनाबद्ध पूर्वकार्यसँग जोडेर लागू गर्न सके विपद् जोखिम न्यूनीकरणमा ठोस उपलब्धि हासिल गर्न सकिने बताए। उनले स्थानीय तहमा आधारित यस्ता समिक्षा तथा कार्यशालाले जनप्रतिनिधि र प्राविधिकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल
फ्ल्यास हेडिङ

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व