Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुशासन योग्यता र वैकल्पिक राजनीतिक शक्तिको उदयतर्फ नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ पुष १६, बुधबार २१:५३
सुसंस्कृत राजनीतिक संस्कार रास्वपाबाट अन्य दलहरूलेपनि सिक्ने कि?
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालको राजनीति आज इतिहासको एउटा यस्तो मोडमा उभिएको छ, जहाँ पुराना संरचना र अभ्यासहरूले आफ्नो नैतिक वैधता लगभग गुमाइसकेका छन् भने नयाँ चेतना, नयाँ पुस्ता र नयाँ राजनीतिक सम्भावनाले आकार लिने प्रयास गरिरहेका छन्। यो समय केवल सत्ता परिवर्तनको बहस गर्ने समय होइन, बरु राजनीति गर्ने तरिका, नेतृत्व छनोटको मापदण्ड, जनतासँगको सम्बन्ध र राज्य सञ्चालनको दर्शन नै पुनः परिभाषित गर्नुपर्ने “शून्य समय” हो। दशकौँदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेका पुराना दलहरू आन्तरिक लोकतन्त्रविहीन, नेतातन्त्रमा आधारित, नातावाद र कृपावादले ग्रसित संरचनामा सीमित हुँदै गए। नेतृत्व परिवर्तन भएजस्तो देखिए पनि सोच, शैली र संस्कार भने उस्तै रहिरह्यो। यही कारणले गर्दा जनतामा निराशा, वितृष्णा र असन्तोष क्रमशः गहिरिँदै गयो, विशेषतः शिक्षित युवा पुस्तामा राजनीति प्रति विश्वास लगभग समाप्त हुने अवस्थामा पुग्यो।

यस सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको राजनीतिक सहभागितालाई पारदर्शिता र योग्यता प्रणालीमार्फत आधुनिक बनाउने उद्देश्यसहित एक व्यापक उम्मेदवार छनोट रूपरेखा (Candidate Selection Framework) विकास गरी कार्यान्वयनमा लेएको छ। यस दस्तावेजले नेपाली राजनीतिमा लामो समयदेखि जरा गाडेर बसेको नातावाद र कृपावादको अभ्यासबाट स्पष्ट विचलन गर्दै वैज्ञानिक मूल्याङ्कन प्रणाली अवलम्बन गरेको देखिन्छ। यस प्रणालीअन्तर्गत “लिडरसिप एकेडेमी” र “पोलिटिकल प्रोक्सिमिटी” जस्ता मापदण्डमार्फत उम्मेदवारको नेतृत्व क्षमता, विचार, नैतिकता, राजनीतिक प्रतिबद्धता, देश र पार्टी मूल्यप्रतिको निष्ठाको मूल्याङ्कन गरिन्छ।

जरा तहबाट वैधता सुनिश्चित गर्न पार्टीले आन्तरिक प्रारम्भिक निर्वाचन को व्यवस्था गरेको छ, जहाँ पार्टी सदस्यहरूले आफ्ना मनपर्ने प्रतिनिधिहरूलाई डिजिटल मोबाइल एप मार्फत मतदान गर्न पाउने व्यवस्था छ। यसले उम्मेदवार छनोट प्रक्रियामा साधारण सदस्यको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै नेताकेन्द्रित निर्णय प्रणालीलाई चुनौती दिएको छ।

उक्त रूपरेखाले संवैधानिक समावेशी कोटा लाई कडाइका साथ पालना गरेको छ। समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा महिला, सीमान्तकृत जातीय समूह, पिछडिएका समुदाय र युवाको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्ने स्पष्ट प्रावधानहरू यसमा समावेश छन्। यसले प्रतिनिधित्वलाई केवल औपचारिक नबनाई संरचनागत रूपमा सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ।

जवाफदेहिता र नैतिकता सुदृढ गर्न पार्टीले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था, आपराधिक पृष्ठभूमि जाँच, तथा आन्तरिक मतदानमा “None of the Above (NOTA)” विकल्पसमेत समावेश गरेको छ। कुनै पनि उम्मेदवार उपयुक्त नलागेमा सदस्यले अस्वीकार गर्ने अधिकार प्रयोग गर्न पाउने यो व्यवस्था आन्तरिक लोकतन्त्रको एक महत्वपूर्ण अभ्यास हो।

यसरी कठोर, स्पष्ट र संस्थागत उम्मेदवार छनोट मापदण्डलाई औपचारिक रूपमा लागू गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने र दीर्घकालीन रूपमा जनप्रतिनिधिप्रति सार्वजनिक विश्वास पुनःस्थापित गर्ने लक्ष्य लिएको देखिन्छ। यो रूपरेखाले नेपाली राजनीतिमा नेतृत्व चयनको संस्कार परिवर्तनतर्फ एक महत्वपूर्ण र अर्थपूर्ण प्रयासको संकेत गर्दछ।

अर्कोतर्फ, पुराना राजनीतिक दलहरूको मूल समस्या सत्ता बाहिर होइन, दलभित्रै रहेको संरचनागत विकृतिमा छ। आन्तरिक लोकतन्त्रको अभावले निर्णयहरू केही सीमित व्यक्तिको घेराभित्र सीमित भए। पार्टीका नीति, उम्मेदवार चयन, नेतृत्व विकास र सत्ता प्रयोग सबैमा नेताको व्यक्तिगत इच्छा, परिवार, गुट र स्वार्थ समूह हावी भए। यसले योग्य, इमानदार र सक्षम व्यक्तिहरूलाई निरुत्साहित गर्‍यो भने चाकडी, दास मानसिकता र अवसरवादलाई संस्थागत बनायो। राजनीति सेवाको माध्यम होइन, व्यक्तिगत उन्नतिको सिँढी बन्न पुग्यो। परिणामस्वरूप भ्रष्टाचार, अकर्मण्यता, अन्याय र शासनप्रतिको जनअविश्वास गहिरिँदै गयो। राज्य संयन्त्र कमजोर भयो, नीति कार्यान्वयन असफल भयो र लोकतन्त्र नाममा जनताले केवल चुनावी नाटक मात्र हेर्नुपर्‍यो।

यही पृष्ठभूमिमा नयाँ राजनीतिक शक्तिहरूको आवश्यकता केवल चाहना होइन, ऐतिहासिक अपरिहार्यता बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय यसै शून्यताबाट भएको हो। रास्वपाले आफूलाई केवल अर्को दलको रूपमा होइन, पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिने वैकल्पिक अभ्यासका रूपमा प्रस्तुत गर्‍यो। यसको मूल आत्मा सत्ता प्राप्ति भन्दा अघि प्रणाली सुधारमा केन्द्रित देखिन्छ। उम्मेदवार छनोटदेखि नेतृत्व विकाससम्म योग्यता, पारदर्शिता र सहभागितालाई आधार बनाउने प्रयास, प्राथमिक निर्वाचन, स्पष्ट मापदण्ड, नैतिक आचरण र सार्वजनिक जवाफदेहिताको जोडले नेपाली राजनीतिमा फरक बहस जन्माएको छ। “अब जान्नेहरुलाई छान्ने” भन्ने नारा केवल शब्द होइन, विगतको नेतातन्त्र र कृपावादमाथिको सीधा प्रश्न हो।

तर रास्वपाको अभ्यास मात्र पर्याप्त छैन। नेपालको जटिल राजनीतिक, सामाजिक र प्रशासनिक समस्यालाई सम्बोधन गर्न एकल दल भन्दा फराकिलो वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ। यही सन्दर्भमा अहिले नेपालमा देखिएको अर्को महत्त्वपूर्ण संकेत भनेको दलगत सीमाभन्दा माथि उठेर सुशासन, इमानदारी र कार्यक्षमताको प्रतीक बनेका व्यक्तित्वहरूलाई केन्द्रमा राखेर वैकल्पिक शक्ति निर्माणको सम्भावना हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय राजनीतिमा वैकल्पिक आवाजका रूपमा स्थापित रवि लामिछाने, ऊर्जा क्षेत्रमा संस्थागत सुधार र इमानदार नेतृत्वको उदाहरण बनेका कुलमान घिसिङ, नीति, विचार र सामाजिक र राजनीतिक अभियानमार्फत योगदान गरिरहेका हर्क, गोपी, सागरजस्ता व्यक्तिहरू केवल व्यक्ति होइनन्, नयाँ राजनीतिक चेतनाका प्रतीक हुन्। यी सबैले फरक–फरक क्षेत्रबाट एउटै सन्देश दिएका छन् — इमानदारी, योग्यता र प्रतिबद्धताले परिणाम दिन सक्छ।

बालेन शाहको कार्यशैलीले राजनीतिक इच्छाशक्ति र प्राविधिक समझ भए स्थानीय सरकार पनि परिवर्तनको प्रयोगशाला बन्न सक्छ भन्ने कुरा पुष्टि गरेको छ। नियम, कानुन र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्दा लोकप्रियता भन्दा पनि परिणाम बोल्छ भन्ने उदाहरण उनले प्रस्तुत गरे। कुलमान घिसिङले राज्य संयन्त्रभित्रै रहेर पनि नातावाद र दबाबको राजनीतिलाई अस्वीकार गर्दै संस्थागत सुधार सम्भव छ भन्ने प्रमाण दिए। रवि लामिछानेले जनआक्रोश, सञ्चार र राजनीतिक सहभागितालाई जोड्दै पुराना दलहरूको विकल्प खोज्ने जनभावनालाई संगठित गर्ने प्रयास गरे। हर्क, गोपी, सागरजस्ता चिन्तक र अभियन्ताहरूले विचार, नीति र वैकल्पिक राजनीतिक बहसलाई बौद्धिक आधार प्रदान गरिरहेका छन्। यी सबै प्रयासहरूको साझा सूत्र भनेको सुशासन, जवाफदेहिता र जनताको प्रत्यक्ष सरोकार हो।

यी व्यक्तित्वहरू र रास्वपा जस्ता संस्थागत प्रयासहरूलाई एउटै धारामा जोड्ने हो भने नेपालको राजनीतिमा एउटा नयाँ सम्भावनाको ढोका खुल्छ — योग्यता प्रणालीमा आधारित, इमानदार र समावेशी वैकल्पिक राजनीतिक शक्ति। यो शक्ति कुनै एक व्यक्तिमा केन्द्रित होइन, साझा मूल्य, साझा उद्देश्य र स्पष्ट मापदण्डमा आधारित हुनुपर्छ। भ्रष्टाचार, अन्याय, नातावाद र कृपावादको अन्त्य केवल नाराबाट सम्भव हुँदैन; त्यसका लागि नेतृत्व छनोटदेखि नीति कार्यान्वयनसम्म स्पष्ट प्रणाली चाहिन्छ। योग्य व्यक्ति सही ठाउँमा पुग्ने, गल्ती गर्नेले जवाफ दिनुपर्ने र जनताको विश्वासलाई सर्वोच्च मानिने संस्कार विकास गर्नुपर्छ।

यहाँ जेन्जी पुस्ताको भूमिका अत्यन्त निर्णायक छ। आजको युवा पुस्ता पुराना नारामा विश्वास गर्दैन। उसले परिणाम खोज्छ, पारदर्शिता माग्छ र प्रश्न सोध्न डराउँदैन। सामाजिक सञ्जाल, डिजिटल माध्यम र विश्वव्यापी अनुभवले यो पुस्तालाई सचेत र आलोचनात्मक बनाएको छ। यही पुस्ताले बालेन, कुलमान, रवि जस्ता व्यक्तित्वहरूमा आफूले खोजेको राजनीतिक इमानदारी देखिरहेको छ। यदि यो ऊर्जा संगठित हुन सक्यो भने, नेपालको राजनीति केवल पुस्तान्तरण मात्र होइन, संस्कारान्तरणतर्फ अघि बढ्न सक्छ। तर यसका लागि युवालाई केवल भोट बैंक होइन, नीति निर्माण, नेतृत्व विकास र निर्णय प्रक्रियाको केन्द्रमा राख्नुपर्छ।

वैकल्पिक राजनीतिक शक्ति निर्माणको अर्थ पुराना दलहरूलाई पूर्ण रूपमा विस्थापन गर्नु मात्र होइन, तिनीहरूलाई समेत रूपान्तरणतर्फ बाध्य पार्नु हो। नयाँ अभ्यासले पुरानालाई सुधारको दबाब दिनुपर्छ। यदि पुराना दलहरूले आत्मालोचना गर्दै आन्तरिक लोकतन्त्र, पारदर्शिता र योग्यता प्रणाली आत्मसात् गरे भने त्यो पनि सकारात्मक उपलब्धि नै हुनेछ। तर यदि उनीहरू पुरानै शैलीमा अडिग रहे भने जनता स्वतः नयाँ विकल्पतर्फ आकर्षित हुनेछन्। लोकतन्त्रको सौन्दर्य यही हो — विकल्प सधैं खुला हुन्छ।

अवश्य पनि वैकल्पिक शक्तिको यात्रामा चुनौती छैनन् भन्ने होइन। व्यक्तिवादमा फस्ने जोखिम, संस्थागत संरचना कमजोर हुने खतरा, लोकप्रियतामुखी निर्णय र अनुभवको अभावजस्ता प्रश्नहरू गम्भीर छन्। त्यसैले वैकल्पिक शक्तिले भावना मात्र होइन, नीति, योजना र संस्थागत संयन्त्रमा आधारित राजनीति गर्नुपर्छ। पारदर्शिता आफैंमा लक्ष्य होइन, सुशासनको माध्यम हो। इमानदारीले मात्र होइन, क्षमताले पनि राज्य चल्नुपर्छ। यही सन्तुलन कायम गर्न सक्नु नै नयाँ राजनीतिक शक्तिको परीक्षा हो।

यसै सन्दर्भमा आज बिहानै जनताको चाहना बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन बीच देश र जनहितका लागि ऐतिहासिक सम्झौता समेत भएको छ। जनताले चाहेकै जस्तो एकता र सहकार्यको यो पहल समयसापेक्ष र स्वागतयोग्य छ। सुशासन, न्याय, समानता र योग्यता प्रणालीको स्थापना गर्दै देश र जनहितमा समर्पित इमानदार, निष्ठावान र सक्षम व्यक्तिहरूलाई एकजुट गरिनु आजको प्रमुख आवश्यकता हो। आपसी समझदारी र सहकार्यका आधारमा देश र जनतालाई सर्वोपरि राख्दै एक ढिक्का भएर निरन्तर अघि बढ्ने प्रतिबद्धताले सकारात्मक राजनीतिक संस्कृतिको आशा जगाएको छ।

राष्ट्र र जनताको हितलाई केन्द्रमा राखी जनभावनाको कदर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच भएको ऐतिहासिक सहमतिले परिवर्तनकामी राजनीतिलाई स्पष्ट दिशा दिएको छ। नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता, साथै गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रप्रति समर्पण प्रशंसनीय छ।

यस सहमतिअनुसार पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, नेतृत्व र संगठनात्मक संरचनाबारे स्पष्टता ल्याउँदै योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकता दिने प्रतिज्ञा गरिएको छ। आगामी निर्वाचनपछि आवश्यक कानुनी प्रक्रियाहरू अद्यावधिक गर्ने र लोकतान्त्रिक सुशासन, समुन्नति तथा सामाजिक न्यायका मुद्दामा अन्य परिवर्तनकामी शक्तिहरूलाई समेत एकताबद्ध हुन आह्वान गर्नु सकारात्मक संकेत हो। समग्रमा, यो सहमति आशा, विश्वास र जिम्मेवार राजनीतिक अभ्यासतर्फको सशक्त कदम हो। विगतमा विभिन्न राजनीतिक दलहरूले जनतालाई पटकपटक धोका दिँदै देशमा भ्रष्टाचार, अन्याय, अनियमितता, बेथिति र राजनीतिक भागबण्डा ले जनतामा पैदा गरेको वितृष्णा र आक्रोशको परिणाम जेनजी आन्दोलनको माध्यमबाट गलत गर्नेहरू जनताबाट लखेटिन्छन् भन्ने तितो यथार्थबाट सिक्दै सधैँ देश र जनहितमा यो एकताले समर्पित हुनैपर्छ।

त्यसैले, नेपालको अहिलेको अवस्था निराशाको मात्र होइन, सम्भावनाको पनि हो। शून्य समय भन्नुको अर्थ खालीपन मात्र होइन, नयाँ संरचना निर्माणको अवसर हो। रास्वपाले देखाएको प्रणालीगत प्रयास, बालेन, कुलमान, रवि, हर्क, गोपी, सागरजस्ता व्यक्तित्वहरूले देखाएको इमानदार नेतृत्व, र जेन्जी पुस्ताले बोकेको परिवर्तनको चाहना यदि एउटै साझा प्लेटफर्ममा जोडिन सक्यो भने, नेपालमा वास्तवमै सुशासन र समृद्धिको नयाँ अध्याय सुरु हुन सक्छ। राजनीति फेरि जनताको सेवा बन्न सक्छ, सत्ता होइन। यही आशा, यही सम्भावना र यही जिम्मेवारी आजको वैकल्पिक राजनीतिक शक्तिको ऐतिहासिक कर्तव्य हो।

 लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०८२ पुष १६, बुधबार २१:५३
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
विचार/ब्लग

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

२०८२ पुष १६, बुधबार २१:५३
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०८२ पुष १६, बुधबार २१:५३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ पुष १६, बुधबार २१:५३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ पुष १६, बुधबार २१:५३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ पुष १६, बुधबार २१:५३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ पुष १६, बुधबार २१:५३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ पुष १६, बुधबार २१:५३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ पुष १६, बुधबार २१:५३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व