Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०८२
व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालको संचार क्षेत्रमा राष्ट्रले न देखेको तर अथक परिश्रम र दूरदृष्टिले देशको डिजिटल भविष्यमा गढिरहेका एक व्यक्ति हुन् केशव नेपाल । वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा हाल कार्यरत नेपालको जीवनयात्रा केवल व्यावसायिक सफलताको कथा होइन, बरु सामाजिक अभियान, दृढ संकल्प र राष्ट्रनिर्माणको सेवाको प्रेरणादायी गाथा हो ।

केशव नेपालको जन्म एक सरकारी जागिरे परिवारमा भयो । बाल्यकालदेखि नै उनमा अनुशासन, जिम्मेवारी र आत्मनिर्भरताको भावना भरिएको थियो । आमा(बाबुको स्थिर रोजगारीको आधारभूत सुरक्षा भएतापनि उनको विश्वास थियो( ुसफलता भनेको मेहनत र उद्यमशीलताबाट मात्र आउँछ ।

उनको शिक्षाको सुरुवात पोखराको प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुलबाट भयो । त्यतिबेला विद्यालयको व्यवस्थापन विदेशी टिमले गरेको थियो, जसले कडा अनुशासन र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरेको थियो । यही वातावरणले केशवमा कडा अध्ययन, जिज्ञासा र लगनशीलताको बीउ रोप्यो । त्यसपछि उनले बुटवल मल्टिपल क्याम्पसबाट उच्च शिक्षा हासिल गरे ।

आत्मनिर्भर बन्ने इच्छाले उनलाई विद्यार्थी जीवनमै बस किन्न प्रेरित गर्यो । चार वर्षसम्म उनले आफैं रात्रि बस चलाए । यो अनुभवले उनलाई आर्थिक रूपमा मात्र होइन, बरु नेपाली समाजको वास्तविकतासँग जोड्यो । उनले साधारण मानिसहरूको संघर्ष, जीवनशैली र मेहनतलाई प्रत्यक्ष रूपमा महशुस गरे ।

यसै बिच उनको अर्को चासो—पत्रकारिता—जाग्यो । बुटवलमा रहँदा उनले एक अंग्रेजी पत्रिका सुरु गरे, जसले उनको विचार, लेखन र संचार क्षमतालाई निकै बलियो बनायो । केही समयपछि उनी काठमाडौं आए र मेडिकल ट्रान्सलेशनमा काम गर्न थाले । छोटो समयमै उनले आफ्नो प्रतिभा देखाए र कनेक्सन पाक्षिक मा सम्पादक एभरेष्ट हेराल्डमा रिपोटर युथ टुडे जस्ता पत्रिकामा सम्पादक प्रकाशक भएर काम गरे ।

तर उनको मन सधैं उद्यमशीलतातर्फ लागिरहन्थ्यो । त्यसैले उनि काठमाडौंबाट फर्केर नया केहि गर्ने सोचमा लागे यसपटक उनको लक्ष्य ठूलो थियो—नेपालमा सस्तो र सहज इन्टरनेट पुर्याउने । यही सोचाइले उनलाई बुटवलमा ुबायु कमु नामक इन्टरनेट व्यवसाय सुरु गर्न प्रेरित गर्यो । आफै जीप चलाउँदै उनी नेपालको पूर्ण पहाडी(तराई भूभागमा घुमेर टावर राख्ने सम्भावना खोज्थे । यसरी उनी नेपालमै पहिलो व्यक्ति बने जसले फोन लाइनबिनै वायरलेस इन्टरनेट जडान गर्न सकिने प्रमाणित गरे ।

प्रविधि अगाडि बढ्दै जाँदा केशव नेपालले एफटीटीएच ९फाइबर टु द होम० को अध्यन गरे र यसको विस्तारमा ध्यान दिए, जसले सार्वजनिक इन्टरनेटलाई अझ भरोसायोग्य र सस्तो बनायो । नेपालभर इन्टरनेट सस्तो र सुलभ बनाउन उनले ुलुम्बिनी नेटु नामक कम्पनी स्थापना गरे । लुम्बिनी नेटको प्रभावशाली वृद्धिले गर्दा वर्ल्डलिंक र लुम्बिनी नेट एकआपसमा गाभिए र संक्रमणकालमा केशव वर्ल्डलिंक कम्युनिकेसनको सीईओ बने ।

सीईओ बनेका बेला वर्ल्डलिंकसँग करिब ७५ हजार मात्र प्रयोगकर्ता थिए । तर उनको दृष्टि, योजनाबद्धता र कार्यान्वयन क्षमताले यो संख्यालाई १० लाख भन्दा बढी पुर्यायो । यसरी उनी नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ उचाइमा पुर्याउने मुख्य शिल्पी बने ।

दूरदृष्टि: डिजिटल नेपालको सपना

केशव नेपालको योगदान केवल व्यावसायिक सफलतामा मात्र सीमित छैन । उनी डिजिटल नेपालको सपनालाई साकार पार्ने अग्रणी हस्ताक्षर हुन् । जब सरकारले डिजिटल नेपालको योजना बनाइराखेको थियो, उनी कर्णाली प्रदेशको हुम्ला जस्ता दुर्गम जिल्लाका सिमकोट जस्ता गाउँपालिकामा पुगेर अध्ययन गरिरहेका थिए—कसरी नेपालका अति दुर्गम स्थानमा सूचनाको पहुँच गराउन सकिन्छ भनेर । उनी सुदूरपश्चिमका सबै हिमाली भेगमा महिनौं लगाएर पैदल घुमेका छन्, स्थानिय आवश्यकता र सम्भावनाहरूको अध्ययन गरेका छन्। यो उनको राष्ट्रप्रतिको गहिरो लगाव र सेवाको भावनाको प्रमाण हो ।

आफ्नो नेतृत्व क्षमतालाई अझ बलियो बनाउन उनले विश्वप्रसिद्ध ुइनसीडु बाट एक्जुकेटिभ एमबिए ९इएमबिए० गरे । यसले उनलाई अन्तर्राष्ट्रिय अनुभव, प्रबन्धकीय कौशल र दीर्घकालीन दृष्टि प्रदान गर्यो ।

उनी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् र सूचना प्रविधिका विशेषज्ञको रूपमा चिनिन्छन् । उनलाई नोकिया गेट टु फास्ट फास्टर २०१९ सम्मेलनमा ुबिजिनेस एज अनयुजलु पुरस्कारले सम्मानित गरिएको छ ।

केशव नेपाल व्यक्तिगत जीवनमा साधारण, विनम्र र अन्तर्मुखी छन् । तर कार्यक्षेत्रमा उनी एक उत्कृष्ट योजनाकार, कुशल कार्यान्वयनकर्ता र जनमुखी नेतृत्वकर्ता हुन्। उनको जीवनले देखाउँछ कि कसरी दृढ संकल्प, अथक परिश्रम र राष्ट्रप्रतिको सेवाको भावनाले एउटा व्यक्तिले सम्पूर्ण राष्ट्रको डिजिटल भविष्यलाई नै परिवर्तन गर्न सक्छ ।

नेपालको डिजिटल क्रान्तिको यो यात्रा अझै लामो छ, तर केशव नेपाल जस्ता दूरदृष्टा समाजसेवीहरूको नेतृत्वमा नेपालको डिजिटल सपना अवश्यै साकार हुने विश्वास गर्न सकिन्छ । आजको नयाँ नेपाल र नयाँ पुस्ताका राष्ट्रले न देखेको एक सम्भावित नेता।खरीबोट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
विचार/ब्लग

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
विचार/ब्लग

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व