Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त-११ मा छ लेन सडकका बोटबिरुवा संरक्षण गर्न सरसफाइ अभियान

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन २३, २०८२
भीमदत्त-११ मा छ लेन सडकका बोटबिरुवा संरक्षण गर्न सरसफाइ अभियान
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित छ लेन सडक (भाइरल रोड) को सौन्दर्य बढाउन रोपिएका बिरुवाहरूको संरक्षणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको छ। वडा कार्यालयको अगुवाइमा विभिन्न संघसंस्था र स्थानीयको सहभागितामा सञ्चालन गरिएको यस अभियानले सडक किनारका बिरुवालाई सफा र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

आज शुक्रबार करिब ३० प्रतिशत क्षेत्रमा गरिएको सरसफाइले सडकको दुवैतिर जमेको प्लास्टिक, झारपात र अन्य फोहोर हटाइएको छ। वडा अध्यक्ष प्रकाश थापाले बढ्दो सहरीकरणसँगै सडकमा फोहोरको मात्रा पनि बढेको र यसले बिरुवाहरूको वृद्धिमा बाधा पुर्‍याइरहेको बताए। ‘यो सडक महेन्द्रनगरको मुहार हो,’ उनले भने, ‘यहाँका बिरुवाहरूको संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो। यसलाई हामीले निरन्तरता दिनेछौँ।’

अध्यक्ष थापाले फोहोरले बिरुवालाई मात्र नभई वातावरणमा समेत नकारात्मक असर परिरहेको र यसले सहरको सौन्दर्यमाथि पनि प्रश्न उठाएको बताए। उनले सबैको सहकार्यबिना यस क्षेत्रलाई सफा राख्न नसकिने भएकाले यो अभियान सुरु गरिएको जानकारी दिए।

सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न स्थानीय संघसंस्था, श्री सिद्धनाथ अमर माविका कक्षा ९ र १० का विद्यार्थी, शिक्षक तथा भीमदत्त नगरपालिकाका सरसफाइकर्मीहरूको सहभागिता रहेको थियो।

भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले सडक किनारमा जम्मा हुने फोहोरले पानीको निकासलाई अवरुद्ध गरी वर्षाको समयमा डुबानको जोखिम बढाउने बताए। उनले यस्ता सरसफाइ कार्यक्रमले विपद्को जोखिम न्यूनीकरण गर्न प्रत्यक्ष सहयोग पुग्ने जानकारी दिए।

त्यसैगरी, वातावरण अधिकृत सविन रावलले यस्ता अभियानले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ‘प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउँछ र बिरुवाको वृद्धिमा बाधा पुर्‍याउँछ,’ उनले भने, ‘हामीले यसलाई सफा गरेर बिरुवाको दिगो संरक्षणमा योगदान पुर्‍याएका छौँ।’

स्थानीयवासीहरूले पनि यस अभियानको प्रशंसा गरेका छन्। उनीहरूले अब सडकमा फोहोर नफ्याँक्ने प्रतिबद्धता जनाएका छन्। सरसफाइ अभियानपछि अब बिरुवाहरूलाई नियमित रूपमा हेरचाह गर्ने र बाँकी रहेको क्षेत्रमा पनि सरसफाइ गरिने वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष थापाले आगामी दिनमा सडकलाई थप हरियाली र आकर्षक बनाउन अन्य योजनाहरू पनि ल्याइने बताए।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व