नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायनेट कम्युनिकेसन्सले आफ्ना ग्राहकहरूका लागि विश्वकप फुटबल २०२६ लाई लक्षित गर्दै नवीनतम वाईफाई ६ (WiFi 6) प्रविधिसहितको आकर्षक इन्टरनेट र टेलिभिजन प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले यस सिजनका लागि “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” भन्ने मूल नाराका साथ नयाँ अफर बजारमा ल्याएको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस (Mbps) उच्च गतिको इन्टरनेट प्याकेज वार्षिक मात्र रु. १३,८०० (करसहित) मा प्राप्त गर्न सक्नेछन्। अफर अन्तर्गत ग्राहकहरूलाई रु. २,८२५ मूल्य पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ भने केवल रु. १,००० डिपोजिट मात्र लाग्ने कम्पनीले जनाएको छ। तीव्र र भरपर्दो इन्टरनेट अनुभव चाहने उपभोक्ताका लागि यो प्याकेज निकै उपयुक्त हुने विश्वास लिइएको छ।
ग्राहकहरूले यस उच्च गतिको इन्टरनेट प्याकेजसँगै भायाटिभी सेवा मात्र रु. २५० प्रति महिना (करसहित) मा थप गर्न सक्नेछन्। २०० भन्दा बढी च्यानलहरू, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा (Pause & Play), कार्यक्रम तालिका, चलचित्र तथा विशेष सिरिजहरू उपलब्ध रहेको भायाटिभीको वार्षिक प्याकेज लिने ग्राहकले पहिलो सेट-टप-बक्सका लागि लाग्ने रु. २,२६० को सक्रियता शुल्क (Activation Charge) तिर्नुपर्ने छैन।
यसका लागि केवल रु. १,००० डिपोजिट मात्र राख्नुपर्नेछ।यसैबीच, भायाटिभीका ग्राहकहरूले हाल भइरहेको फुटबल विश्वकप २०२६ प्रत्यक्ष हेर्नका लागि आवश्यक कुपन पनि भायानेटमार्फत नै खरिद गर्न सक्नेछन्।
नेपालमा विश्वकपको आधिकारिक प्रसारण अधिकार पाएको हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले मात्र रु. ९९९ (प्रति टिभी) मा कुपन खरिद गरी भायाटिभीको ‘हिमालय स्पोर्ट्स च्यानल’ मार्फत खेलहरू एचडी क्वालिटीमा प्रत्यक्ष हेर्न पाउनेछन्।
ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस जस्ता अनलाइन भुक्तानी एपमा “भायानेट” खोजेर आफ्नो ग्राहक आईडी राखी वा Via TV को स्क्रिनमा देखिने क्यूआर कोड स्क्यान गरेर सजिलै कुपन खरिद गर्न सक्नेछन्। उक्त कुपन एक पटकमा एउटा टिभीमा मात्र सक्रिय हुने र ग्राहकले चाहेमा नजिकैको भायानेट आउटलेटमा गएर पनि कुपन लिन सक्ने जानकारी दिइएको छ।
महेन्द्रनगरका ग्राहकलाई विशेष सहुलियत
भायनेटले कञ्चनपुरका ग्राहकहरूका लागि विशेष सुविधाको घोषणा समेत गरेको छ। महेन्द्रनगर ब्रान्चमार्फत नयाँ इन्टरनेट र टिभी जडान गर्ने ग्राहकहरूका लागि कम्पनीले प्याकेजमा थप विशेष सुविधाहरू र अतिरिक्त छुटको व्यवस्था गरेको छ। महेन्द्रनगर शाखाका अनुसार स्थानीय ग्राहकहरूले थप जानकारी तथा द्रुत सेवाका लागि सिधै मोबाइल नम्बर ९८०२३४१९७५ मा सम्पर्क गर्न सक्नेछन्।
यसका साथै, काठमाडौँ, पोखरा र चितवनका वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १,५०० बराबरको ‘डामी एप’ (Dami App) को १ वर्षको सदस्यता निःशुल्क पाउनेछन्, जसका माध्यमबाट विभिन्न रेस्टुरेन्ट, कपडा पसल र सैलुनहरूमा आकर्षक छुट प्राप्त हुनेछ। देशभरका अन्य ग्राहकहरूले सेवा सम्बन्धी विस्तृत जानकारीका लागि भायानेटको केन्द्रीय ग्राहक सेवा नम्बर ०१-५९७०६४४ मा सम्पर्क गर्न सक्नेछन्।










Discussion about this post