Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गुणस्तरिय शिक्षा, अनुसन्धान र समृद्धिको बाटोमा सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १२, २०८२
गुणस्तरिय शिक्षा, अनुसन्धान र समृद्धिको बाटोमा सुदूरपश्चिम विश्वविद्यालय
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम क्षेत्रका भौगोलिक, सामाजिक र आर्थिक रूपमा सीमान्तकृत समुदायका लागि उच्च शिक्षा सुलभ गराउने दृष्टिकोणले सुदूरपश्चिम विश्वविद्यालयको स्थापना नेपालको उच्च शिक्षाको इतिहासमा महत्वपूर्ण मोड हो। सुदूरपश्चिम जस्तो भौगोलिक दृष्टिले चुनौतीपूर्ण क्षेत्रका लागि सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक अवसरलाई घरदैलोमै ल्याएर जनसाधारणमा नयाँ शैक्षिक चेतना प्रवाह गरेको छ।

यसको भौगोलिक अवस्थितिले केवल शैक्षिक पहुँचलाई सहज बनाएको छैन, सामाजिक रूपान्तरणको सम्भावना पनि सिर्जना गरेको छ। दलित, आदिवासी, सीमान्तकृत वर्ग, महिला तथा विपन्न समुदायहरूका लागि सुदूरपश्चिम विश्वविद्यालय उच्च शिक्षामा प्रवेश गर्ने गेटवे बनेको छ, जसले सामाजिक न्यायको अभ्यास र सामाजिक गतिशीलताको अवसरसमेत प्रदान गरेको छ। यस संस्थाले शैक्षिक अवसरलाई केन्द्रविन्दुमा राख्दै सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भमा सुहाउँदो शैक्षिक हस्तक्षेप गर्न थालेको छ, जुन नेपालकै शैक्षिक समावेशीकरणको सन्दर्भमा एक सशक्त उदाहरण हो।

विश्वविद्यालयले समावेशी दृष्टिकोण, स्थानीय सन्दर्भमा आधारित नीतिहरू, र विकेन्द्रित शिक्षाको माध्यमबाट अवसरको समान वितरण गर्न खोजेको प्रयत्न सराहनीय छ। ‘शिक्षा सबैका लागि’ भन्ने मान्यताको व्यवहारिक अभ्यास गर्दै सुदूरपश्चिम विश्वविद्यालयले स्थानीय जनताको जीवनस्तर उकास्ने, उनीहरूमा चेतनाको विकास गर्ने, र सामाजिक न्याय प्रवर्द्धन गर्ने दिशामा आफूलाई स्थापित गर्न थालेको छ। सुदूरपश्चिम विश्वविद्यालय केवल शैक्षिक संस्था होइन, सुदूरपश्चिमको सामाजिक पुनर्जागरणको ऐतिहासिक संवाहकका रूपमा उदाउँदै गएको छ, जसको दीर्घकालीन सफलताको सर्त भनेको गुणस्तरीयता, उत्तरदायित्व र संस्थागत सुधारमा आधारित सशक्त रूपान्तरण हो।

सुदूरपश्चिम विश्वविद्यालयले स्नातकदेखि पीएचडी तहसम्म सञ्चालन गरिरहेका विविध संकाय र शैक्षिक कार्यक्रमहरूका माध्यमबाट आफूलाई नेपालकै एक बहुआयामिक र समावेशी शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ। मानविकी, शिक्षा, विज्ञान, प्रविधि, व्यवस्थापन, कृषि, इञ्जिनियरिङ, कानुन, स्वास्थ्य तथा प्राकृतिक स्रोत व्यवस्थापनजस्ता फराकिलो शैक्षिक क्षेत्रको समावेशले विद्यार्थीलाई व्यक्तिगत रुचि, सामाजिक आवश्यकताहरू, तथा व्यावसायिक भविष्यको आधारमा विषय चयन गर्ने अवसर प्रदान गरेको छ। यस्तो बहुविषयक संरचनाले विद्यार्थीलाई पारम्परिक शैक्षिक सीमाभन्दा बाहिर गएर सोच्न, सिक्न र आफूलाई सशक्त रूपमा व्यक्त गर्न सहयोग पुर्‍याएको छ। विशेषतः सुदूरपश्चिमका ग्रामीण, सिमान्तकृत र आर्थिक रूपले कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई सहज पहुँचसहितको गुणस्तरीय शिक्षा दिने सुदूरपश्चिम विश्वविद्यालयको प्रयासले राष्ट्रिय शैक्षिक समावेशीकरणको अभ्यासलाई टेवा पुर्‍याएको छ।

यद्यपि, विषयगत विविधताको विस्तारसंगै गुणस्तरीय शिक्षाको निरन्तरता र सन्तुलन कायम राख्नु सुदूरपश्चिम विश्वविद्यालयका लागि प्रमुख चुनौती बनेको छ। सबै संकायहरूमा समान रूपले दक्ष जनशक्ति सुनिश्चित गर्नु, प्रयोगात्मक शिक्षाका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउनु, प्रविधिमैत्री शिक्षण–अधिगम वातावरण निर्माण गर्नु, र अनुसन्धान प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार तयार गर्नु चुनौतिपूर्ण बनेको छ।

पाठ्यक्रम स्थानीय सन्दर्भअनुकूल बनाउने कार्यमा सुदूरपश्चिम विश्वविद्यालयले केही पहल गरे पनि सबै संकायमा सो कार्यको प्रभावकारिता समान देखिँदैन। तथापि, सुदूरपश्चिम विश्वविद्यालयले अपनाएको समावेशी पाठ्यक्रम संरचना र स्थानमै शिक्षाको विकल्प उपलब्ध गराउने रणनीतिले विद्यार्थीहरूलाई अन्यत्र जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नुका साथै स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माण गर्न सकारात्मक भूमिका खेलेको छ।

सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय आफ्नो शैक्षिक रणनीतिमा नवप्रवर्तन, अनुसन्धानमूलक शिक्षण र अन्तर्राष्ट्रिय सहकार्यलाई विशेष प्राथमिकता दिएको देखिन्छ। शिक्षणलाई अनुसन्धानसँग जोड्ने प्रयासले विश्वविद्यालयलाई केवल ज्ञान प्रसारण गर्ने संस्थामात्र होइन, ज्ञान उत्पादन गर्ने गन्तव्य बनाउने दिशामा डोर्याएको छ। अनुसन्धानमा आधारित शिक्षण प्रविधिको विकास, पाठ्यक्रमको सन्दर्भीकरण, र नवीन सोचका साथ गरिएको शैक्षिक क्रियाकलापले सुदूरपश्चिम विश्वविद्यालयलाई ‘टिचिङ युनिभर्सिटी’ बाट ‘रिसर्च युनिभर्सिटी’ तर्फ उन्मुख बनाएको छ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्मेलनहरूमा सहभागिता, विदेशी विश्वविद्यालयहरूसँग समझदारीपत्रको आदानप्रदान, र विभिन्न अनुसन्धान लेखहरूको प्रकाशन जस्ता पहलले विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचान बढाउने मात्र नभई शैक्षिक गुणस्तरसमेत समुन्नत बनाएको छ। यस्तो सहकार्यले विद्यार्थीहरू र शिक्षकहरूलाई विश्वव्यापी शैक्षिक सञ्जालसँग जडान गर्ने अवसर प्रदान गर्दै शैक्षिक स्वतन्त्रता, नवप्रवर्तनशीलता र सृजनशीलताको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

सुदूरपश्चिम विश्वविद्यालय क आंगिक क्याम्पसहरु जस्तै दार्चुला बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, टिकापुर बहुमुखि क्याम्पस, जयपृथ्वी बहुमुखि क्याम्पस लगायत सबै क्याम्पसहरुले सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक छविमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। यी क्याम्पसहरूले नियमित पठनपाठनसँगै फिल्ड भिजिट, इन्टर्नसिप, अनुसन्धान परियोजना, र विद्यार्थी केन्द्रित शिक्षण अभ्यासमा ध्यान केन्द्रित गरेका छन्। स्मार्ट बोर्ड र डिजिटल स्रोतको उपयोगमार्फत शिक्षणलाई प्रविधिमैत्री बनाउने प्रयास, विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने पद्धति, र व्यावहारिक सिकाइलाई जोड दिइने वातावरणले शिक्षण–शिकाई प्रक्रियामा गुणात्मक रूपान्तरण ल्याइरहेको छ। यसरी, विश्वविद्यालयका विभिन्न क्याम्पसहरूले आफ्ना भौगोलिक चुनौतीहरूका बाबजुद पनि नवप्रवर्तनशील शैक्षिक अभ्यासमार्फत सुदूरपश्चिम विश्वविद्यालयको प्रतिष्ठालाई राष्ट्रियस्तरमा फैलाउने महत्वपूर्ण काम गरिरहेका छन्।

यद्यपि, यस्ता सकारात्मक प्रयासहरूको छायामा सुदूरपश्चिम विश्वविद्यालयले केही संरचनागत तथा व्यवस्थापकीय चुनौतीहरूको समेत सामना गरिरहेको यथार्थलाई अस्वीकार गर्न सकिन्न। विश्वविद्यालयमा क्याम्पस समायोजनको प्रक्रिया अझै स्पष्ट र पूर्ण रूपमा संस्थागत नहुनु, राजनीतिक हस्तक्षेपको प्रभाव कहिलेकाहीँ निर्णय प्रक्रियामा परिलक्षित हुनु, योग्यता आधारित पदोन्नति प्रणालीको पूर्ण कार्यान्वयन नहुनु, र दुर्गम क्षेत्रका प्राध्यापक–कर्मचारीलाई पाउनुपर्ने स्थानीय भत्ता तथा सेवा–सुविधा अभाव हुनुले सुदूरपश्चिम विश्वविद्यालयको दीर्घकालीन गुणस्तर विकासमा अवरोध सिर्जना गर्ने सम्भावना देखिन्छ। यस्ता चुनौतीहरूलाई दुरदृष्टियुक्त नीतिगत हस्तक्षेप, शैक्षिक नेतृत्वको सुदृढीकरण, पारदर्शिता तथा जवाफदेहिताको विकास, र सबै तहमा समावेशी सहभागिताको सुनिश्चिततामार्फत सम्बोधन गर्न सकिनेछ। यदि विश्वविद्यालयले यी चुनौतीहरूसँग प्रभावकारी ढंगले जुझ्न सकेमा, सुदूरपश्चिम विश्वविद्यालय न केवल सुदूरपश्चिमको, बरु समग्र नेपालको एक अग्रगामी अनुसन्धान तथा नवप्रवर्तनशील विश्वविद्यालय बन्ने दिशामा दृढतापूर्वक अघि बढ्न सक्नेछ।

विभिन्न समस्याबीच सुदूरपश्चिम विश्वविद्यालयले उपकुलपति देखि क्याम्पस प्रमुख सम्मका पदाधिकारी नियुक्तिमा खुला प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गर्न कार्यविधि निर्माण गरिसकेको छ, जुन सकारात्मक अभ्यासको सूचक हो। तर यो केवल दस्तावेजी अभ्यासमा सीमित नहोस भन्नका लागि त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य हुन्छ। योग्यता प्रणालीको बलियो जग निर्माण गर्न उपकुलपति, डिन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरूको नियुक्तिमा राजनीतिक दबाबभन्दा बाहिर रहेर विज्ञताका आधारमा निर्णय गरिनुपर्छ। नेतृत्व तहमै पूर्ण निष्पक्षता र पारदर्शिता कायम गर्न सकेमा मात्र सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न सक्नेछ। त्यसैले सुदूरपश्चिम विश्वविद्यालयको दिगो प्रगतिका लागि गुणस्तरीय संरचना निर्माणसँगै संस्थागत स्वतन्त्रता र नेतृत्वको पुर्ण निष्पक्षता सुनिश्चित गर्नु अहिलेको सबैभन्दा महत्त्वपूर्ण आवश्यकतामध्ये एक हो।

सुदूरपश्चिम विश्वविद्यालयले अनुसन्धान क्षेत्रमा पछिल्लो समय उल्लेखनीय प्रगति गरेको देखिन्छ। विगतमा विश्वविद्यालय तथा आङिक क्याम्पसहरूमा अनुसन्धानप्रति दृष्टिकोण कमजोर र औपचारिकतामा सीमित रहँदा विश्वविद्यालय अनुसन्धानको मूल केन्द्र बन्नबाट टाढा थियो। तर अहिले धेरै क्याम्पसहरूले आफ्नै पियर रिभ्यु जर्नल प्रकाशन गर्न थालेका छन जुन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अभ्यास हो। साथै, अनुसन्धानसम्बन्धी तालिमहरू सञ्चालन हुनु, शिक्षक–विद्यार्थीलाई अनुसन्धान परियोजनामा संलग्न गरिनु र शैक्षिक संस्थामा प्रमाणिक अनुसन्धानलाई प्राथमिकता दिनु अनुसन्धान संस्कृतिको विकासतर्फको सशक्त संकेत हो। यस्ता अभ्यासले सुदूरपश्चिम विश्वविद्यालयलाई केवल शिक्षण संस्था होइन, नव ज्ञान उत्पादन र नीति निर्माणमा योगदान दिने अनुसन्धान केन्द्रको रूपमा समेत परिभाषित गर्न थालेको छ।

साथै, शिक्षक तथा कर्मचारीहरूको पेशागत विकासका क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयको पहल सराहनीय छ। विश्वविद्यालयले प्राध्यापकहरूलाई तालिम, गोष्ठी, अनुसन्धान अनुदान, र अध्ययन बिदा जस्ता अवसरहरू प्रदान गर्दै आएको छ, जसले उनीहरूको शैक्षिक तथा अनुसन्धान क्षमतामा गुणात्मक वृद्धि ल्याएको छ। धेरैजसो प्राध्यापकहरू एमफिल र पीएचडी अध्ययनमा संलग्न छन्, लेख–रचना प्रकाशन गरिरहेका छन्, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय सहभागिता जनाइरहेका छन्। यी सबै अभ्यासहरूले सुदूरपश्चिम विश्वविद्यालय भित्रको शैक्षिक वातावरणलाई प्राज्ञिक दृष्टिले समृद्ध बनाएको छ। तर, यी प्रयासहरूलाई अझ संस्थागत, दीगो र समावेशी बनाउने आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण छ। यदि यी कार्यक्रमहरूलाई स्पष्ट रणनीति, समुचित अनुगमन, र दीर्घकालीन योजना अनुसार अघि बढाउन सकियो भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धी विश्वविद्यालय बन्ने दिशामा अघि बढ्न सक्नेछ।

अनुसन्धान क्षेत्रमै मात्र होइन, विद्यार्थीको शैक्षिक अनुभवका दृष्टिकोणबाट पनि सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय उल्लेखनीय र आशाजनक प्रगति गरेको देखिन्छ। विगतमा नियमित कक्षा सञ्चालन, पाठ्यक्रमको प्रासङ्गिकता, तथा विद्यार्थीको अनुसन्धानमा संलग्नता कमजोर रहेको गुनासो भइरहँदा अहिले भने उत्तीर्ण दरमा बृद्धि, अनुसन्धान परियोजनामा विद्यार्थीको सहभागिता, पाठ्यक्रम परिमार्जन तथा नवप्रवर्तनशील अभ्यासको थालनी, र अतिरिक्त क्रियाकलापमा सक्रिय संलग्नता जस्ता सूचकहरूले सुदूरपश्चिम विश्वविद्यालयको गुणस्तरीय सुधार प्रस्ट पार्छन्। यस्ता प्रगतिहरूले विद्यार्थी केन्द्रित शिक्षण–शिकाई संस्कृतिको विकास मात्र गरेको छैन, विश्वविद्यालयको समग्र प्राज्ञिक छविमा समेत सकारात्मक प्रभाव पारेको छ। तर, यो प्रगतिलाई दीर्घकालीन बनाइराख्न विद्यार्थीहरूको विविध पृष्ठभूमि, भाषिक तथा सामाजिक सन्दर्भअनुसार शिक्षण विधिको समायोजन र निरन्तर अनुगमनको व्यवस्था अपरिहार्य हुनेछ।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले समुदायसँगको सहकार्यमा समेत उल्लेखनीय कार्य गर्दै आएको छ, जसले विश्वविद्यालयलाई केवल शैक्षिक संस्था होइन, सामाजिक रूपान्तरणको सक्रिय संवाहकको रूपमा स्थापित गर्न थालेको छ। शिक्षा अब केवल कक्षा भित्रको पाठ्यक्रममा सीमित नरही समुदायमा प्रत्यक्ष प्रभाव पार्ने अभ्यास बन्न थालेको छ, जसले ‘समुदाय सहभागिता’ को अवधारणालाई सुदृढ बनाएको छ। सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूले स्थानीय समुदायसँग सहकार्य गर्दै शैक्षिक परियोजना, सचेतना कार्यक्रम, र सेवा-आधारित सिकाइलाई प्रोत्साहन गरेकाले विश्वविद्यालयको सामाजिक उत्तरदायित्व बोध स्पष्ट भएको छ। यस किसिमको सहभागितामूलक अभ्यासले सुदूरपश्चिम विश्वविद्यालयको लोकप्रियता बढाएको छ र स्थानीयस्तरमै त्यसको स्थायित्व सुनिश्चित गर्ने आधार तयार गरेको छ। यद्यपि, यस्तो सहकार्यलाई अझ संस्थागत, नीति आधारित र समन्वित बनाएर अगाडि बढाउन सकेमा सुदूरपश्चिम विश्वविद्यालयको प्रभावक्षेत्र अझ फैलिन सक्नेछ, जसले विश्वविद्यालयको समावेशीता र दिगोपनालाई अझ बलियो बनाउनेछ।

त्यस्तै, विदेशी विद्यार्थीहरूको उपस्थिति विशेषगरी बंगलादेशका विद्यार्थीहरूद्वारा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत हुनु सुदूरपश्चिम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारतर्फको महत्त्वपूर्ण संकेत हो। यसले सुदूरपश्चिम विश्वविद्यालयलाई ‘विश्व कै शैक्षिक गन्तब्य’ का रूपमा स्थापित गर्ने सम्भावना जन्माएको छ, जहाँ विद्यार्थी र शिक्षक दुवैले विविध सांस्कृतिक, भाषिक र शैक्षिक पृष्ठभूमिबाट ज्ञान सन्दर्भहरू आदानप्रदान गर्न सक्नेछन्। यसखाले एक्स्पोसरले विश्वविद्यालयको प्राज्ञिक क्षितिज फराकिलो बनाउने छ।

यद्यपि, सुदूरपश्चिम विश्वविद्यालयले नेपालकै अग्रणी शैक्षिक केन्द्र बन्ने दीर्घकालीन लक्ष्य हासिल गर्न आन्तरिक र बाह्य दुवै तहमा थप सुधार आवश्यक देखिन्छ। आन्तरिक सुधारका पक्षहरूमा प्राध्यापक समायोजनको स्पष्ट कार्यनीति, सेवासुविधाको अभिवृद्धि, अनुसन्धान प्रवर्द्धनका लागि स्रोतको सुनिश्चितता, पुर्ण निष्पक्ष र योग्यता आधारित नियुक्ति प्रणाली, तथा प्रासंगिक र नवप्रवर्तनशील पाठ्यक्रम विकासजस्ता कुराहरू पर्दछन्। त्यस्तै, बाह्य सुधारको सन्दर्भमा राजनीतिक हस्तक्षेपको अन्त्य, राज्यको पर्याप्त लगानी, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सशक्त बनाउने कार्य अत्यन्त जरुरी छ। यी दुवै खालका सुधारलाई समन्वित रूपमा अघि बढाउन सकिएमा सुदूरपश्चिम विश्वविद्यालयले न केवल सुदूरपश्चिम क्षेत्रको शैक्षिक नेतृत्व गर्न सक्नेछ, बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी, समावेशी र गुणस्तरीय विश्वविद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाउन सक्नेछ। संस्थागत प्रतिबद्धता, नीतिगत स्पष्टता, र शैक्षिक दिगोपनाको एकीकृत कार्यान्वयनले मात्र सुदूरपश्चिम विश्वविद्यालयको सम्भावनालाई वास्तविकतामा पूर्ण रूपान्तरण गर्न सकिन्छ।

निष्कर्षमा, सुदूरपश्चिम विश्वविद्यालयको हालसम्मको प्रगति प्रेरणादायी मात्र नभई सम्भावनायुक्त पनि देखिन्छ। भौगोलिक विकटता, स्रोतको अभाव, र व्यवस्थापकीय जटिलता जस्ता विविध चुनौतीहरूका बाबजुद सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक सुधार, अनुसन्धान प्रवर्द्धन, प्रशासनिक सुदृढीकरण, र सामाजिक उत्तरदायित्वका क्षेत्रमा देखाएको सक्रियता उल्लेखनीय छ। अनुसन्धान संस्कृतिको विकास, पाठ्यक्रम नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य, र समुदायसँगको सम्बन्ध विस्तारले सुदूरपश्चिम विश्वविद्यालयलाई एक समावेशी, नवप्रवर्तनशील र सामाजिक सरोकारप्रति उत्तरदायी विश्वविद्यालयको रूपमा स्थापित गर्न थालिसकेको छ। यस्ता उपलब्धिहरूले सुदूरपश्चिम विश्वविद्यालयको भविष्यप्रति आशा जगाउने बलियो आधार निर्माण गरेका छन्। त्यसैले सुदूरपश्चिम विश्वविद्यालयलाई अझ व्यवस्थित, प्रभावकारी र दिगो प्रगतिका लागि सुसंरचित नीति निर्माण, दूरदर्शी तथा पारदर्शी नेतृत्व, पेशागत इमानदारी, र सबै तहमा समावेशी सहभागिताको आवश्यक छ।

विश्वविद्यालयसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्धित सम्पूर्ण सरोकारवाला प्राध्यापक, विद्यार्थी, कर्मचारी, पदाधिकारी, नीति निर्माता, र नागरिक समाजले आ–आफ्नो भूमिकामा प्रतिबद्ध र उत्तरदायी बनेमा मात्र सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छ। इमानदार, समन्वयात्मक, र उत्तरदायी प्रयासमार्फत सुदूरपश्चिम विश्वविद्यालयले निकट भविष्यमै राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि ‘गुणस्तरीय विश्वविद्यालय’ को रूपमा आफ्नो पहिचान सुदृढ पार्ने बलियो सम्भावना रहेकोछ। सुदूरपश्चिम विश्वविद्यालयको आगामी यात्रा अब नीतिगत स्पष्टता र साझा प्रतिबद्धताको सफल कार्यान्वयनमा निर्भर रहनेछ।

लेखक डम्मर सिंह साउद दार्चुला बहुमुखी क्याम्पस (सुदूरपश्चिम विश्वविद्यालय) का उपप्राध्यापक हुन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व