Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १, २०८३
एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार पहिलो क्वालिफायर खेल हुँदैछ। उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको साविक विजेता लुम्बिनी लायन्स र पहिलोपटक उपाधि जित्ने योजनामा रहेको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुने खेलमा दुवै टोली फाइनल प्रवेशका लागि मैदान उत्रनेछन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थान हासिल गरेका यी टोलीबीचको भिडन्तलाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ।

लिग चरणका सात खेलमध्ये पाँचमा जित, एकमा हार र एक खेलमा अंक बाँड्दै ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। १.२५६ नेट रनरेटसहित शीर्ष स्थानमा रहेको लुम्बिनी यसपटक पनि उपाधि जित्दै लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

लुम्बिनीका लागि ब्याटिङतर्फ डार्सी सर्टले सर्वाधिक १४८ रन बनाएका छन्। कप्तान रोहित पौडेलले १०० रन जोड्दा आसिफ शेख र निकोलस डिकवेलाले पनि महत्वपूर्ण योगदान दिएका छन्। बलिङतर्फ शेर मल्लले ९ विकेट लिएका छन् भने किशोर महतो र रुबेन ट्रम्पलम्यानले समान ८ विकेट हात पारेका छन्।

यता, सात खेलमा पाँच जित र दुई हारसहित १० अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। प्रतियोगिताको उद्घाटन खेलमै लुम्बिनीसँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार चार खेल जितेको थियो।

सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी प्रमुख खेलाडीका रूपमा रहेका छन्। उनले सात खेलमा १५० रन बनाएका छन्। ब्रान्डन म्याकमुलेनले १२४ रन जोड्दा इशान पाण्डे र सैफ जैबले पनि ब्याटिङमा साथ दिएका छन्।

बलिङतर्फ अनिल खरेलले १० विकेट लिँदै टोलीका प्रमुख बलरका रूपमा आफूलाई स्थापित गरेका छन्। स्कट कुगेलेइनले ९ विकेट लिएका छन् भने कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शन टोलीका लागि महत्वपूर्ण बनेको छ। सुदूरपश्चिमको कसिलो बलिङ र चुस्त फिल्डिङ पनि टोलीको बलियो पक्ष हो।

पुरानो हारको बदला लिने अवसर

लुम्बिनी र सुदूरपश्चिमबीचको आजको खेलमा गत संस्करणको फाइनलको प्रतिस्पर्धा पनि जोडिएको छ। अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो।

यसपटक पनि लिग चरणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। त्यसैले सुदूरपश्चिमका लागि आजको खेल अघिल्ला हारको बदला लिने अवसरसमेत हुनेछ।

पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा अर्को अवसर पाउनेछ। उपाधि रक्षा गर्ने लुम्बिनीको लक्ष्य र पहिलोपटक च्याम्पियन बन्ने सुदूरपश्चिमको सपनाबीच आजको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ
खेलकुद

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ

मंसिर १, २०८३
१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा
अन्तर्राष्ट्रिय राजनीति

१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा

मंसिर १, २०८३
मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै
कला/संस्कृति

मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै

मंसिर १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ

मंसिर १, २०८३
१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा

१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा

मंसिर १, २०८३
मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै

मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै

मंसिर १, २०८३
मेचीदेखि महाकालीसम्म पुगेको मुक्तिनाथ रथयात्रा सम्पन्न

मेचीदेखि महाकालीसम्म पुगेको मुक्तिनाथ रथयात्रा सम्पन्न

मंसिर १, २०८३
“चिन्ताले चितामा पुर्याउछ”

“चिन्ताले चितामा पुर्याउछ”

मंसिर १, २०८३
कोप–३१ मा नेपालको जलवायु प्रस्ताव ‘कभर डिसिजन’मा समेटियो

कोप–३१ मा नेपालको जलवायु प्रस्ताव ‘कभर डिसिजन’मा समेटियो

मंसिर १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व