बैतडी । बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा आगामी मंसिर ७ र ८ गते परम्परागत ‘देहीजात’ लाग्ने भएको छ।
मेलौली नगरपालिका–१ मा रहेको भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन यो जात्रा लाग्ने परम्परा छ।
मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकका अनुसार जात्राका अवसरमा बोका र राँगाको बलि दिने चलन रहेको छ।
देहीजातमा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन देवीको दर्शन र जात्रा अवलोकनका लागि आउने गरेका छन्।
स्थानीय भाषामा ‘देहीजात’ भनेर चिनिने यस जात्रामा टाढाटाढाबाट समेत भक्तजनको सहभागिता रहने स्थानीय रमेश दयालले जानकारी दिए।










Discussion about this post