रातको एक बज्यो निद्रा हराएको छ,
सहर सुनशान तर दिमागमा होहल्ला छ
खै मलाई निदाउन किन यति कठिन हुन्छ
घरि बुबालाई सम्झिन्छु मम्मीलाई सम्झिन्छु
साथीलाई हेर्छु र आफुलाई हेर्छु
घर मैले नै धान्नु छ थाहा छ मलाई
तर सफल बनाउन घर छोडेका मेरा बुबाले
सफल भएको देख्छन कि देख्दैन्न
म पढेर देशमै केही गर्छु भन्दा
बुबाको फोन आउछ
फलानोको छोरा त बिदेश गयो भन्नुहुन्छ
मेरो साथीको छानो महल हुदा
मेरो बुबाले छानोको प्वाल टालेको देख्दा
मलाई आफै देखि घिन लाग्न थालेको छ
कहिले लोकसेवाको फाराम भर्छु
कहिले विदेश जाने सपना बुन्छु
मलाई म बन्न समय लाग्छ थाहा छ
घरको चिन्ताले निन्द्रा उडाउँछ
समाजको प्रश्नले मुटु दुखाउँछ।
कसलाई सुनाउ मनको पीडा
कसलाई देखाऊ र आँखाको थकान
बाहिर हाँसेर बाँचेको यो लाश,
भित्रभित्रै सडेको छ ।
चिन्ताले चितासम्म पुर्याउँछ भन्छन्,
तर यहाँ त चिन्ताले जिउँदै जलाएको छ।
मर्नु त एक दिन सबैले छ,
मलाई त चिन्तालै चितामा पुर्याएको छ ।










Discussion about this post