Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, नयाँ नेतृत्व चयन मुख्य एजेन्डा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १८, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, नयाँ नेतृत्व चयन मुख्य एजेन्डा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुने तय गरिएको छ।

महाधिवेशनमा देशभरबाट ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुनेछन् भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका छ।

महाधिवेशनको मुख्य आकर्षण नयाँ केन्द्रीय नेतृत्व चयन रहेको छ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका ११ पदमा पनि विभिन्न नेताहरूले आकांक्षा प्रस्तुत गरिरहेका छन्।

कांग्रेस विधानअनुसार महाधिवेशनबाट २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने व्यवस्था छ। त्यसमध्ये १७१ जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने र बाँकी सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

यसपटकको महाधिवेशनमा नेतृत्व पुस्तान्तरणसँगै पार्टीको भावी नीति, संगठन सुदृढीकरण र आन्तरिक एकताको विषयसमेत प्रमुख बहसका रूपमा उठेको छ। ३५ वर्षमुनिका युवाको केन्द्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पनि विधान संशोधनमार्फत छलफल अघि बढाइएको छ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच नियमित महाधिवेशन हुन लागेको हो। पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट भएका निर्णयप्रति असहमति जनाउँदै कानुनी प्रक्रिया अघि बढाएको थियो। यद्यपि नियमित महाधिवेशनको प्रक्रिया अघि बढेसँगै देउवा समूहले पनि संगठनात्मक तयारी तीव्र पारेको छ।

कांग्रेसले महाधिवेशनका लागि करिब ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्य कायम गरेको विवरण सार्वजनिक गरेको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ।

प्रतिनिधिका लागि भृकुटीमण्डपमा महाधिवेशन अवधिभर बिहान र दिउँसोको खानाको व्यवस्था गरिएको छ। उद्घाटनदेखि नेतृत्व चयनसम्मका कार्यक्रमले कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक प्राथमिकता निर्धारण गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
फ्ल्यास हेडिङ

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने
खेलकुद

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३
हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

कार्तिक १४, २०८३
अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक १४, २०८३
एक महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

एक महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व