काठमाण्डौ — २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।
जापानको नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा आज बिहान तय भएको खेल टससमेत हुन नसकी रद्द भएको हो। खेल हुन नसकेपछि उच्च वरीयताको टोली सेमिफाइनल पुग्ने नियमअनुसार श्रीलंकाले अन्तिम चारमा स्थान बनाएको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा रहेको छ।
नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। जापानविरुद्धको अन्तिम समूह खेल पनि वर्षाका कारण प्रभावित भएको थियो।
यसअघि भारत–अफगानिस्तान तथा पाकिस्तान–हङकङबीचका क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भएका थिए। वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।










Discussion about this post