काठमाडौँ — श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका उद्धार, राहत तथा व्यवस्थापनका कामबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्राकृतिक विपत्तिपछि सरकारले निर्वाह गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीबारे जानकारी सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
उनले हालैको वर्षापछि आएको बाढीपहिरोका कारण म्याग्दीस्थित सुरुङमा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे तत्काल जानकारी दिन माग गरे।
सञ्चार सम्पर्क नहुँदा क्षतिको वास्तविक विवरण आउन नसकेको बताउँदै उनले प्रभावित क्षेत्रमा सञ्चार सेवा तत्काल सुचारु गरी सम्पर्कविहीन नागरिकको अवस्था सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।










Discussion about this post