Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १३, २०८३
जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला — लेकम गाउँपालिकामा पहिलोपटक ‘लेकम गाउँपालिका दशैं कप–२०८३’ पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। जापानमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय दिलेन्द्र प्रसाद जोशीको पहलमा बडादशैंको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो।

दशैंका अवसरमा गाउँ फर्किने युवालाई खेलकुदमार्फत एकै ठाउँमा जोड्ने, स्थानीय खेलप्रतिभाको पहिचान तथा प्रोत्साहन गर्ने र गाउँपालिकाका विभिन्न वडाबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता २०८३ असोज २९ गते लेकम गाउँपालिका–स्थित श्री हुनैनाथ माध्यमिक विद्यालय, रातामाटा मा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २८ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ। टोली दर्ताका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

प्रतियोगिताको विजेताले ३३ हजार ३३३ रुपैयाँ, उपविजेताले २२ हजार २२२ रुपैयाँ र तृतीय हुने टोलीले ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

खेलकुदसँगै सामाजिक अभियानको तयारी
दशैं कप आयोजना गर्नुका साथै जोशीको पहलमा ‘युथ स्पोर्ट्स एन्ड सोसल क्लब’ स्थापना गर्ने तयारीसमेत गरिएको छ। प्रस्तावित क्लबमार्फत खेलकुदसँगै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, कला–संस्कृति तथा युवा प्रतिभा पहिचानका क्षेत्रमा दीर्घकालीन रूपमा काम गर्ने योजना रहेको जोशीले बताएका छन्।

करिब १३ वर्षदेखि जापानमा रहँदै आएका जोशी रेस्टुरेन्ट, ट्राभल तथा आयात–व्यापार क्षेत्रमा व्यवसाय गर्दै आएका छन्। व्यवसायसँगै उनले नेपालमा शिक्षा, कृषि तथा सामाजिक क्षेत्रमा लगानी र सहयोग गर्दै आएको बताइएको छ। आफूले अध्ययन गरेको विद्यालय तथा लेकम क्षेत्रका विभिन्न शैक्षिक र सामाजिक गतिविधिमा समेत उनको सहयोग रहँदै आएको छ।

जन्मभूमिसँगको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले सामाजिक अभियान सुरु गरिएको जोशीको भनाइ छ।

“विदेशमा बसेर व्यवसाय गर्नु वा सफलता हासिल गर्नु मात्रै पर्याप्त होइन। आफू जन्मिएको ठाउँ, आफूले पढेको विद्यालय र आफू हुर्किएको समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सोचले यो अभियान सुरु गरेका हौँ,” जोशीले भने।

उनका अनुसार दशैंका बेला गाउँ फर्किने युवालाई खेलकुदमार्फत जोड्दै आगामी दिनमा लेकममा विभिन्न खेलकुद तथा सामाजिक गतिविधिलाई निरन्तरता दिइनेछ।

वडास्तरीय सहभागिता
‘प्रथम लेकम गाउँपालिका दशैं कप–२०८३’ लाई जोशीको जन्मभूमिसँग जोडिने अभियानको पहिलो ठूलो कार्यक्रमका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

प्रतियोगितामा एउटै वडाका खेलाडीले मात्र सम्बन्धित वडाको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउने व्यवस्था गरिएको छ। यसले स्थानीय स्तरमा खेलाडीको पहिचान र वडाबीचको प्रतिस्पर्धालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगितालाई सफल बनाउन आयोजक समितिले लेकम गाउँपालिकाका सबै वडा, स्थानीय खेलप्रेमी, युवा, अभिभावक तथा विभिन्न संघ–संस्थालाई उपस्थित भई प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न आह्वान गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग
फ्ल्यास हेडिङ

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा
अर्थतन्त्र

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

अशोज १३, २०८३
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००
फ्ल्यास हेडिङ

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

अशोज १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

अशोज १३, २०८३
रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

अशोज १३, २०८३
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

अशोज १३, २०८३
सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

अशोज १३, २०८३
नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

अशोज १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व