काठमाडौं । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जारी राष्ट्रिय जलवायु सम्मेलन आज ‘घरपझोङ घोषणापत्र’ जारी गर्दै सम्पन्न हुने भएको छ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पारेको प्रभाव तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाएर घोषणापत्र जारी गर्न लागिएको हो।
जलवायु परिवर्तनका असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलोपटक मुस्ताङमा आयोजना गरिएको सम्मेलनमा देशभरका ४३० भन्दा बढी स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको छ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको पृष्ठभूमिमा आयोजना गरिएको सम्मेलनमा जलवायुजन्य विपद् न्यूनीकरण, अनुकूलन तथा पूर्वतयारीका विषयमा छलफल भइरहेको छ।
सम्मेलन उद्घाटनका क्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ, प्रदेश र स्थानीय तह साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताउनुभएको थियो।










Discussion about this post