काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुनेछ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ।
भोटेकोशी बाढीलगायत पछिल्ला प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै राहत, उद्धार तथा विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीच समन्वय बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।
लामिछानेको आह्वानमा हुन लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ १० र १६ गते भएका बैठकमा विपद् प्रभावित क्षेत्रको अवस्था, खोज तथा उद्धार र विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो।
यसपटकको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन, त्यसको भूमिका तथा विपद् व्यवस्थापनमा दलहरूबीच सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।










Discussion about this post