काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूको समेत अनिवार्य उपस्थिति रहने जनाइएको छ।
बैठकमा महाधिवेशनको तयारी, कार्यतालिका तथा पार्टी संगठनसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।










Discussion about this post