Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २४, २०८३
भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि कञ्चनपुरका युवाहरूले संकलन गरेको राहत सामग्री पठाइएको छ । महेन्द्रनगर र दोधारा चाँदनीका युवाहरूले संयुक्त रूपमा खाद्यान्न, कपडा, त्रिपाल, सेनेटरी सामग्री, मेडिकल किटलगायत आवश्यक सामग्री संकलन गरी एकमुष्ट पठाएका हुन् ।

युवाहरूले बाढी प्रभावित परिवारका लागि झण्डै ४० लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरेको बताएका छन् । बाढीपीडितलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरिएको उनीहरूले बताएका छन् ।

राहत सामग्री काठमाडौंसम्म पुर्‍याउन गएका युवा ईश्वर भट्टका अनुसार संकलित सामग्री विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा बुझाइएको छ । त्यहाँबाट आवश्यकताका आधारमा रसुवाका बाढी प्रभावित क्षेत्रमा सामग्री पठाइनेछ ।

बाढीपछि प्रभावित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, त्रिपाल, सरसफाइ तथा महिलाका लागि आवश्यक सामग्रीको आवश्यकता रहेकाले सोहीअनुसार राहत संकलन गरिएको युवा दुर्गा बडुवालले बताइन् ।

उत्थानसिल युवा संजाल, पावर अफ युथ, प्ले क्लिन नेपाल, यस टु ब्रदरहुड लगायतका स्वतन्त्र युवा सञ्जालहरूले स्वस्फुर्त रूपमा राहत संकलन गरेका थिए।

बाढीपछि प्रभावित क्षेत्रमा राहतको आवश्यकता बढिरहेका बेला संकलित सामग्री एकै ठाउँमा थुपारेर राख्नुभन्दा वास्तविक पीडितको पहिचान गरी समयमै वितरण गर्नुपर्ने युवाहरूको भनाइ छ । प्रभावित परिवारको तत्काल आवश्यकता पहिचान गरी सोहीअनुसार राहत परिचालन गर्नुपर्ने उनीहरूले बताएका छन् ।

युवाहरूले राहत वितरणसँगै उद्धार तथा पुनर्स्थापनाको कामलाई पनि प्रभावकारी बनाउन सरकार संवेदनशील भएर लाग्नुपर्ने बताएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा नागरिकस्तरबाट भइरहेको प्रयासलाई एकीकृत गर्दै प्रभावितसम्म सहयोग पुर्‍याउन सके राहत वितरण थप प्रभावकारी हुने उनीहरूको भनाइ छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति
फ्ल्यास हेडिङ

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम
फ्ल्यास हेडिङ

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री

भदौ २४, २०८३
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

भदौ २४, २०८३
बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

भदौ २४, २०८३
रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

भदौ २४, २०८३
‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

भदौ २४, २०८३
जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

भदौ २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व