काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधनका लागि सभामुख डिपी अर्यालसँग समय मागिसकेका छन्।
लामिछानेले आफ्नो सम्बोधनका क्रममा भोटेकोशी बाढीबाट भएको क्षति, जेनजी आन्दोलन तथा समसामयिक राजनीतिक विषय उठाउने तयारी गरेको बताइएको छ। प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेबाट सुरु हुँदैछ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढी तथा विपद्का कारण ठूलो संख्यामा मानिसको ज्यान गएको र हजारौँ प्रभावित तथा बेपत्ता भएको अवस्था छ। सरकारले उद्धार तथा राहत कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह र राजनीतिक दलहरूबीच संवादको वातावरण कमजोर रहेको अवस्थामा रास्वपा सभापति लामिछानेले भने विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तथा छलफल गर्दै समन्वय र संवादलाई अघि बढाइरहेका छन्।
आजको संसद् सम्बोधनमा लामिछानेले पछिल्लो राजनीतिक अवस्था, बाढीपछिको उद्धार तथा राहत र सरकारको कार्यशैलीबारे आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।










Discussion about this post