Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ६, २०८३
विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका विपद् प्रभावित तथा जोखिममा रहेका विद्यालयका बाल क्लबका सदस्य र विपद् जोखिम न्यूनीकरण (DRR) फोकल शिक्षकहरूको सहभागितामा एक दिने सिकाइ तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। भ्रमणमा बालबालिका तथा शिक्षक गरी ३० जनाको सहभागिता रहेको थियो।

  युनिसेफ नेपालको सहयोग, दोधारा चाँदनी नगरपालिकाको समन्वय तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को आयोजनामा भएको भ्रमणको मुख्य उद्देश्य पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा विपद् पूर्वतयारीका क्षेत्रमा नगरपालिकाले अपनाएका असल अभ्यासको प्रत्यक्ष अवलोकन गराउँदै बालबालिका तथा शिक्षकको व्यावहारिक ज्ञान र क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

भ्रमणका क्रममा सहभागीहरूले दोधारा चाँदनी नगरपालिका–१० मा निर्माण गरिएको सुरक्षित आश्रयस्थल, वडा नम्बर ९ स्थित अम्बिका माध्यमिक विद्यालयमा जडान गरिएको वर्षा मापन केन्द्र (Rainfall Station), नगरपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) लगायतका संरचना तथा प्रणालीको अवलोकन गरेका थिए।

त्यसैगरी, सहभागीहरूले महाकाली नदीको जलस्तर मापन केन्द्र तथा जोगबुढा नदीमा रहेको रिभर लेभल सेन्सर (RLS) केन्द्रको समेत स्थलगत अवलोकन गरेका थिए। भ्रमणका क्रममा नदीको जलस्तर तथा वर्षाको अवस्था कसरी मापन गरिन्छ, प्राप्त सूचनालाई पूर्वसूचनाका रूपमा कसरी प्रयोग गरिन्छ र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्‍याउन स्थानीय तह तथा सम्बन्धित संयन्त्रको भूमिका कस्तो हुन्छ भन्ने विषयमा सहभागीले जानकारी लिएका थिए।

जलवायु कार्य तथा सामाजिक व्यवहार परिवर्तन परियोजनाका संयोजक भरत विकले पूर्वसूचना प्रणालीको प्रत्यक्ष अवलोकनले बालबालिका तथा शिक्षकमा विपद् पूर्वतयारीसम्बन्धी व्यावहारिक ज्ञान बढाउन सहयोग पुग्ने बताए। विद्यालय र समुदायलाई सुरक्षित बनाउन यस्ता सिकाइलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले नगरपालिकाले पूर्वसूचना तथा विपद् पूर्वतयारीका क्षेत्रमा सञ्चालन गरिरहेका प्रणालीबारे सहभागीलाई प्रत्यक्ष जानकारी गराइएको बताए। प्राप्त सिकाइलाई विद्यालय तथा समुदायमा व्यवहारमा उतार्नुपर्नेमा उनले बताए।

शारदा सरस्वती बाल क्लबकी अध्यक्ष दुर्गा थापाले वर्षा तथा नदीको जलस्तर मापन गरी जोखिममा रहेका समुदायलाई पूर्वसूचना दिने प्रक्रिया प्रत्यक्ष रूपमा बुझ्न पाएको बताइन्। यसले विपद्को समयमा सुरक्षित रहन र अन्य बालबालिकालाई समेत सचेत गराउन सहयोग पुग्ने उनको भनाइ थियो।

श्री सरस्वती माध्यमिक विद्यालयका शिक्षक राजेश सुनारले सिकाइ भ्रमणले कक्षाकोठामा पढाइने विपद् जोखिम न्यूनीकरणसम्बन्धी विषयलाई व्यवहारसँग जोड्न सहयोग पुगेको बताए। विद्यालयमा विपद् पूर्वतयारीका गतिविधिलाई थप प्रभावकारी बनाउन यसबाट सिकाइ भएको उनले बताए।

त्यस्तै, विद्यार्थी रश्मी कुमारी भण्डारीले सुरक्षित आश्रयस्थल, वर्षा मापन केन्द्र तथा नदीको जलस्तर मापन प्रणालीबारे प्रत्यक्ष जानकारी लिन पाउँदा नयाँ कुरा सिकेको बताइन्। विपद्का बेला पूर्वसूचनाले समयमै सुरक्षित स्थानमा जान ठूलो सहयोग गर्ने उनले बताइन्। अर्की विद्यार्थी कविता सुनारले विपद् आउनुअघि नै सूचना पाएर सुरक्षित हुन सकिने कुरा प्रत्यक्ष रूपमा बुझ्न पाएको बताइन्। विद्यालय र समुदायका अन्य बालबालिकालाई समेत पूर्वसूचना र सुरक्षित व्यवहारबारे जानकारी गराउने उनले बताइन्।

दोधारा चाँदनी नगरपालिकाले पूर्वसूचना, सुरक्षित आश्रयस्थल, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र तथा नदी र वर्षा अनुगमन प्रणालीमार्फत विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गर्दै आएका अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्ने अवसरले सहभागीलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्न सहयोग पुगेको आयोजकले जनाएको छ।

यस्ता सिकाइ तथा अवलोकन भ्रमणले बालबालिका र शिक्षकलाई विपद् पूर्वतयारीमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुका साथै विद्यालय तथा समुदायलाई सुरक्षित र उत्थानशील बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। युनिसेफ ले पनि बालबालिका तथा जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र जलवायु अनुकूलनलाई प्राथमिकतामा राख्दै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो
फ्ल्यास हेडिङ

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

भदौ १७, २०८३
बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो
फ्ल्यास हेडिङ

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३
बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो
फ्ल्यास हेडिङ

बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व