कञ्चनपुर । महेन्द्रनगरस्थित थर्ड आई करियर डेभलपमेन्ट सेन्टरले विभिन्न पदमा कर्मचारी माग गरेको छ। सेन्टरले योग्य, गतिशील तथा ऊर्जावान नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
सेन्टरले मार्केटिङ म्यानेजर र रिसेप्सनिस्ट गरी दुई पदमा एक–एक जना कर्मचारी माग गरेको छ। मार्केटिङ म्यानेजर पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। मार्केटिङसम्बन्धी ज्ञान तथा अनुभव, डिजिटल मार्केटिङ र सामाजिक सञ्जाल सञ्चालनमा दक्षता, कन्टेन्ट क्रिएसन, प्रोमोसन तथा प्रचार–प्रसार गर्न सक्ने क्षमता आवश्यक रहेको सेन्टरले जनाएको छ। कम्प्युटर तथा एमएस अफिससम्बन्धी ज्ञान भएकालाई प्राथमिकता दिइनेछ भने मार्केटिङ क्षेत्रमा अनुभव भएकालाई विशेष प्राथमिकता दिइने विज्ञापनमा उल्लेख छ।
त्यस्तै, रिसेप्सनिस्ट पदका लागि न्यूनतम प्लस टु उत्तीर्ण वा ब्याचलर अध्ययनरत हुनुपर्नेछ। नेपाली तथा अंग्रेजी दुवै भाषामा बोल्न र लेख्न सक्ने तथा एमएस वर्ड, एक्सेल, इमेल र इन्टरनेटसम्बन्धी आधारभूत कम्प्युटर ज्ञान अनिवार्य गरिएको छ। समय व्यवस्थापन र बहुआयामिक काम गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ।
इच्छुक उम्मेदवारले भर्खरै खिचेको फोटो, अपडेटेड बायोडाटा (सीभी) र कभर लेटरसहित महेन्द्रनगरस्थित कार्यालयमा वा [email protected] मा आवेदन पठाउन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ भदौ ६ गते तोकिएको छ।










Discussion about this post