पछिल्लो कारोबार दिन सामान्य घटेको शेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज २१.१५ अङ्कले घटेर २ हजार ६६३.१८ विन्दुमा झरेको छ।
आज कारोबारमा आएका सबै समूहका उपसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहका शेयरमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
आज कुल २१३ वटा कम्पनीको शेयर मूल्य घट्दा ५९ वटा कम्पनीको शेयर बढेको छ भने ५ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।
बजार ओरालो लागेको दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै करिब साढे १३ प्रतिशतले घटेको छ। यता, एभरेस्ट कलरको शेयर भने १५ प्रतिशतले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएका छन्।










Discussion about this post