काठमाण्डौ – लगातार ४ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १२।९६ अङ्कले बढेर २ हजार ६८५।५४ विन्दुमा पुगेको छ ।
आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १८० वटा कम्पनीको शेयर बढेकोमा ८२ वटाको घटेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल ९तराई० को शेयर ५।३३ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३३७ वटा कम्पनीका ८८ लाख ५१ हजार कित्ता शेयर ३ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।








Discussion about this post