Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १०, २०८३
क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

शिशिर सिखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुने भएको छ । लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा आज शनिबार सो फेस्टिवल हुने लागेको हो ।
नेपाली कला–संस्कृती, गित–संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ ।
फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष बिश्व अधिकारीले जानकारी दिए । मञ्चको तयारीका साथै कार्यक्रम स्थल र वरपर नेपाली झण्डा र नेपाली सस्कृती झल्किने ब्यानर तथा सजावटको ब्यबस्था गरिएको क्लबका अध्यक्ष अधिकारीले बताए ।
ब्राम्पटन सिटीको सपर वल्र्ड कम्प्लेक्स को प्राङ्गणमा क्यानडाको समय दिउँसो १ बजे बाट बेलुकी ९ बजे सम्म संचालन हुने महोत्सवमा विभिन्न नेपाली खानाको परिकारका स्टल सहित करिब ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल पनि रहने लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका महासचिव एवं नेपाल फेस्टिवल–२०२६” मुल समारोह समितिका सदस्य धर्म न्योपानेले जानकारी दिए।
महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसी लगायतका विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी र नृत्यहरु र लाखेनाच पनि प्रस्तुत हुनेछन।
महोत्सवमा प्रवेश निशुल्क र पार्किङको पनि निशुल्क ब्यबस्थापन गरिएको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए। करिब १० हजार जना भन्दा बढीको सहभागीता रहने आयोजक सस्था लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका उपाध्यक्ष एवं नेपाल फेस्टिवल–२०२६” मुल समारोह समितिका सदस्य श्याम अर्यालले जानकारी दिए।
गत बर्षहरुमा पनि लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा ब्राम्पटन सिटीमा पहिलो र दोस्रो नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको थियोे । शनिबार हुने सो फेस्टिवलको उदघाटन क्यानडाका लागि महामहिम नेपाली राजदुत भरतराज पौडेलले गर्नु हुने छ भने कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहाम म्याकग्रेगोर, संघीय साम्सद सोनिया सिधु, अमन दीप, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहने छ ।

लोक गायक खेम सेन्चुरी सहितका कलाकारको विशेष प्रस्तुति
लोक गायक खेम सेन्चुरी कुसल संगीतकार तथा मोडल समेत हुन । महोत्सवमा उनको विशेष प्रस्तुति रहने छ ।
लोक गायक तथा संगीतकार खेम सेन्चुरी का धेरै लोकप्रिय गीतहरू छन । चर्चित गीतहरू मध्येः

म त ढलेँ ढलेँ
मायालाई पानको पात
सोचेझैँ जिन्दगी रैनछ
झ्यालमा पर्दा छ
लरिलरिलै
उखु गुलियो
नन्दनी
कपालु कोरेर
हान्छु तिमीलाई लौरीले
जाम साईंली
सुर्ती माड्दै माड्दै गयो जोवन
अरेली काँडैले
कमाउने नि हो
तिमीलाई पछ्यौरी किनिदिऊँला
तीजै रमाइलो
यीमध्ये ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’ र ‘झ्यालमा पर्दा छ’ विशेष रूपमा निकै चर्चित छन् ।
उनले कार्यक्रममा आफ्ना दर्जनौं चर्चित गितहरु प्रस्तुत गर्ने छन ।
महोत्सवमा गायक चेतन सापकोटा, लोक गायिका देवीका केसी, गायक मानसिं खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदी लगायत दर्जन भन्दा बढी कलाकारहरुले नृत्य तथा आ–आफ्नो प्रस्तुति गर्ने आयोजकले जानकारी दिएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गत वर्ष अन्नपूर्ण क्षेत्रमा ५ लाखभन्दा बढी विदेशी पर्यटक
पर्यटन

गत वर्ष अन्नपूर्ण क्षेत्रमा ५ लाखभन्दा बढी विदेशी पर्यटक

साउन ५, २०८३
पर्यटकीय सम्भावना बोकेको राजाकोट ओझेलमा
पर्यटन

पर्यटकीय सम्भावना बोकेको राजाकोट ओझेलमा

असार २८, २०८३
वनफूलले ढाकियो ढोरपाटन, बर्खामा दैनिक २०० बढी पर्यटक
पर्यटन

वनफूलले ढाकियो ढोरपाटन, बर्खामा दैनिक २०० बढी पर्यटक

असार २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३
अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

सुन–चाँदीको भाउ फेरि बढ्यो

साउन ११, २०८३
विद्युत्को अधिकतम माग ३,२४८ मेगावाट, भारतबाट आयात शून्य

विद्युत्को अधिकतम माग ३,२४८ मेगावाट, भारतबाट आयात शून्य

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व