Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ५, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका विपद्‌को उच्च जोखिममा रहेका घरधुरीहरूलाई लक्षित गरी ‘कागजपत्र सुरक्षा फाईल’ वितरण कार्यको थालनी गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको पहलमा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० स्थित विपद्‌बाट अति प्रभावित कुतियाकबर समुदायका नागरिकहरूलाई यो फाईल हस्तान्तरण गरिएको हो।

परियोजनाले उक्त समुदायका घरधुरीमा फाईल वितरण गरिसकेको र आगामी दिनमा पालिकाका अन्य उच्च जोखिमयुक्त क्षेत्रमा रहेका परिवारहरूलाई समेत समेट्ने गरी वितरण प्रक्रियालाई निरन्तरता दिने जनाएको छ। विपद्‌को समयमा नागरिकका लालपुर्जा, नागरिकता, शैक्षिक दस्तावेज जस्ता महत्त्वपूर्ण र संवेदनशील कानुनी कागजातहरू हराउने वा नष्ट हुने ठूलो जोखिम रहने भएकाले ती कागजातहरूलाई सुरक्षित राख्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो फाईल वितरण गरिएको हो।

यस फाईल भित्र घरधुरी स्तरीय विपद्‌ पूर्वतयारी र पूर्वकार्यका लागि सहज हुने जानकारी विवरण समेत समावेश गरिएको छ। विशेष गरी फाईलमा संलग्न फ्लायरमा घरधुरी तथा जोखिम विवरणको पाटोलाई अत्यन्त महत्त्वका साथ अगाडि सारिएको छ। जसमा सम्बन्धित घरधुरीको आईडी नम्बर, वडा, जोखिमको स्तर जस्तै उच्च, मध्यम, सामान्य वा जोखिमविहीन वर्गको वर्गीकरण गर्नुका साथै परिवारमा रहेका ५ वर्ष मुनिका बालबालिका, ५ देखि १४ वर्षका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती वा स्तनपान गराइरहेका महिला, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिहरूको संख्या स्पष्ट रूपमा अभिलेख गर्ने व्यवस्था मिलाइएको छ। यस प्रकारको तथ्याङ्कले विपद्‌को समयमा नगरपालिका तथा विभिन्न संघसंस्थाहरूलाई तत्काल राहत, खोज तथा उद्धार कार्य सञ्चालन गर्दा प्राथमिकता निर्धारण गर्न र सही योजना बनाउन महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्ने देखिन्छ।

यसका साथै फ्लायरमा बाढी तथा अन्य प्राकृतिक विपद् आउनु पूर्व र विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायहरूलाई विस्तृत रूपमा बुझाइएको छ। मौसम पूर्वानुमान सम्बन्धी नियमित जानकारी लिन जल तथा मौसम विज्ञान विभागको वेबसाइट हेर्न, एफएम रेडियो तथा सामाजिक सञ्जालमा अपडेट रहन र ११५५ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ। त्यसैगरी आपतकालीन अवस्थामा तत्काल लिएर निस्कन सकिने झटपट झोलामा राख्नुपर्ने अति आवश्यक सामाग्रीहरू जस्तै प्राथमिक उपचारका सामान, पानी र शुद्धीकरण औषधि, तुरुन्त नबिग्रने खानेकुरा, व्यक्तिगत सरसफाइका सामाग्री, नगद पैसा, मोबाइल चार्जर, रेडियो तथा महत्त्वपूर्ण कागजातका प्रतिलिपिहरूको सूची पनि फ्लायरमा स्पष्ट पारिएको छ। बाढीको समयमा सुरक्षित स्थानतर्फ सर्दा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, गर्भवती तथा ५ वर्ष मुनिका बालबालिका भएका परिवारहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने विषयलाई पनि यसले जोड दिएको छ।

विपद्का बेला आपतकालीन उद्धारका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४, नेपाली सेनाको ११४४, दमकलको १०१ र एम्बुलेन्स सेवाको १०२ जस्ता नम्बरहरूको प्रयोगबारे सचेत गराइएको छ।

सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले दोधारा चाँदनीका जोखिमयुक्त घरधुरीहरूमा कागजपत्र सुरक्षा फाईल वितरण गरिएपछि विपद्‌को समयमा नागरिकका महत्त्वपूर्ण कागजातहरू जोगिनुका साथै उनीहरूमा पूर्वतयारीको सोच विकास हुने बताउनुभएको छ। उहाँले यस फाईल भित्र रहेको घरधुरी जोखिम विवरण र सचेतनामूलक जानकारीले भविष्यमा आउन सक्ने बाढी र डुबान जस्ता विपद्‌मा पालिका, संघसंस्था तथा सम्बन्धित निकायहरूलाई राहत र उद्धारको सही तथ्याङ्क पाउन र तत्काल परिचालन हुन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नागरिकका अमूल्य सम्पत्ति मानिने महत्त्वपूर्ण दस्तावेजहरूलाई सुरक्षित राख्ने यो प्रयासले विपद्को बेला कागजात नोक्सान हुनबाट जोगाउनेछ। साथै, फाईलमा समेटिएको घरधुरी तथा जोखिम विवरणले भोलिका दिनमा आउने संकटमा नगरपालिका र उद्धारकर्ता निकायहरूलाई लक्षित परिवारसम्म तुरुन्त पुगेर प्राथमिकताको आधारमा प्रभावकारी राहत, खोज तथा उद्धार कार्य चलाउन भरपर्दो आधार तयार गर्ने विश्वास लिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३
भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न
देश/राष्ट्रिय

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

असार ३२, २०८३
भीमदत्त-११ द्वारा वडाका बालबालिकालाई निःशुल्क कम्प्युटर कोर्स
देश/राष्ट्रिय

भीमदत्त-११ द्वारा वडाका बालबालिकालाई निःशुल्क कम्प्युटर कोर्स

असार ३२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

६ दिनको उकालोपछि नेप्सेमा गिरावट

साउन ६, २०८३
आज राति पेट्रोल र डिजेलको मूल्य १५ रुपैयाँले वृद्धि

पेट्रोलमा इथानोल : कुन देशले कति प्रयोग गर्छ?

साउन ६, २०८३
मनसुन तयारी कमजोर भन्दै विपक्षीद्वारा राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव

मनसुन तयारी कमजोर भन्दै विपक्षीद्वारा राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव

साउन ६, २०८३
हुवावेले सार्वजनिक गर्‍यो सौर्य ऊर्जा र विद्युत् भण्डारणका दुई नयाँ प्रविधि

हुवावेले सार्वजनिक गर्‍यो सौर्य ऊर्जा र विद्युत् भण्डारणका दुई नयाँ प्रविधि

साउन ६, २०८३
गगन थापाको व्यङ्ग्य : ‘ब्रेक’ नभएको सरकार, ‘ब्रेक’ नभएको प्रतिपक्ष

गगन थापाको व्यङ्ग्य : ‘ब्रेक’ नभएको सरकार, ‘ब्रेक’ नभएको प्रतिपक्ष

साउन ६, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले महँगियो सुन

साउन ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व