शेयर बजार परिसूचक नेप्से लगातार छैटौँ कारोबार दिन पनि बढेको छ। आज नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.४९ विन्दुमा पुगेको हो।
आज १०३ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। एभरेस्ट कलरको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ।
कारोबार रकम पनि वृद्धि भएको छ। हिजो ५ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४३ कम्पनीका १ करोड ४९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ।










Discussion about this post