Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २८, २०८३
दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा गर्भवती महिला, बालबालिका, नाक, कान, घाँटीको समस्याबाट ग्रसित बिरामी तथा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शनिबार दोधारा चाँदनी नगरपालिकाको आयोजनामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘जलवायु उत्थानशिल समुदाय (सिआरसी)’ परियोजना अन्तर्गत शिविर सञ्चालन गरिएको हो।

भौगोलिक र प्राकृतिक दृष्टिकोणले दोधारा चाँदनी मनसुनजन्य विपद्का लागि निकै संवेदनशील क्षेत्र मानिन्छ। यहाँ वर्षातको समयमा बाढी र डुबानको ठूलो सामना गर्नुपर्छ भने अर्कातर्फ जलवायु परिवर्तनका कारण बढ्दो तातो हावा (लू) र चर्को गर्मीको समेत उत्तिकै जोखिम रहने गरेको छ। यस्ता प्राकृतिक सङ्कट र वातावरणीय परिवर्तनबाट सबैभन्दा बढी गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरू प्रभावित हुने भएकाले उनीहरूलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविरको आयोजना गरिएको हो।

दोधारा चाँदनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. हरिओम केसरीले हालैको चर्को गर्मी र त्यसलगत्तै सुरु भएको लगातारको वर्षाका कारण सरुवा रोग तथा विभिन्न स्वास्थ्य समस्याहरूको प्रकोप बढ्न सक्ने बताउनुभयो। उहाँले यस्तो मौसममा पानीजन्य र किटजन्य रोगहरू फैलने डर उच्च हुने भएकाले खानपान र सरसफाइमा विशेष सचेत रहन र स्वास्थ्यमा सामान्य समस्या देखिनासाथ हेलचेक्र्याइँ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने बताउनुभयो।

सिआरसी परियोजनाका संयोजक महेश घिमिरेले जलवायु परिवर्तनको प्रत्यक्ष असर समुदायको स्वास्थ्यमा देखिन थालेकाले विपद् पूर्वतयारीसँगै स्वास्थ्य सुरक्षालाई बलियो बनाउन यो शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जोखिममा रहेका समुदायलाई प्रतिकूल मौसममा पनि निरन्तर स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन परियोजनाले स्थानीय सरकारसँग निरन्तर सहकार्य गरिरहने बताउनुभयो।

दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले नगरपालिकाले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका हरेक पाटाहरूमा काम गरिरहेको बताउनुभयो। उहाँले बाढी र तातो लहर (लू) जस्ता प्राकृतिक सङ्कटको समयमा नागरिकको स्वास्थ्य सुरक्षा सबैभन्दा महत्वपूर्ण हुने भएकाले यो शिविरले जोखिममा रहेका स्थानीयलाई तत्काल ठूलो राहत पुर्‍याउने बताउनुभयो।

मन्त्र अस्पतालका हस्पिटल म्यानेजर राजेन्द्र बहादुर चन्दले ग्रामीण र दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न पाउनु संस्थाको मानवीय दायित्व भएको बताउनुभयो। उहाँले शिविरमा आएका जटिल प्रकृतिका बिरामीहरूलाई आगामी दिनमा पनि अस्पतालका तर्फबाट आवश्यक समन्वय र सहयोग रहने बताउनुभयो।

सिआरसी परियोजनाका मिल अफिसर गोविन्द नारायण उपाध्यायले समुदायलाई जलवायुजन्य विपद् र स्वास्थ्य सङ्कटबाट जोगाउन यो सहकार्य गरिएको बताउनुभयो। उहाँले स्थानीय सरकार र वन कार्यालयको अपनत्वसहित गरिएको यो कार्यले खल्लागोठका बासिन्दाको सुरक्षित भविष्य र दिगो बगर व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो।

उपचारका लागि टाढाका अस्पतालहरूमा जानुपर्ने बाध्यता हटाई आफ्नै गाउँठाउँ र पायक पर्ने स्थानमा विशेषज्ञ डाक्टरसहितको शिविर आयोजना भएको भन्दै सेवा लिन आएका स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। शिविरमा उपचार गराउन आएकी स्थानीय देवी सुनारले पैसाको अभाव र बाटोघाटोको असुविधाले अस्पताल जान नपाएका बेला घरदैलोमै विशेषज्ञ डाक्टर र निःशुल्क औषधि पाउँदा ठूलो राहत मिलेको बताउनुभयो।

त्यस्तै अर्का स्थानीय देव बहादुर सुनारले टाढा जान नसकेको अवस्थामा गाउँमै उपचार पाएकोमा नगरपालिका र सहयोगी संस्थाहरूलाई धन्यवाद दिनुभयो। अर्का स्थानीय सुख बहादुर ओलीले पनि यस्ता शिविरहरू विपद्को समयमा झनै उपयोगी हुने र यसले गरिब एवम् ज्येष्ठ नागरिकहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याएको बताउनुभयो।

उक्त बृहत् स्वास्थ्य शिविरमा दोधारा चाँदनीका २१६ भन्दा बढी नागरिकहरूले विशेषज्ञ स्वास्थ्य सेवा तथा निःशुल्क औषधि प्राप्त गरेका थिए। शिविर सञ्चालनमा मन्त्र अस्पताल, स्माइल ट्रेन, जीव फाउन्डेसन तथा दोधारा चाँदनी नगर अस्पतालले प्राविधिक सहयोग गरेका थिए।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व