दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित ऐतिहासिक राजाकोट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि अझै ओझेलमा परेको छ। यहाँबाट सिस्ने, पुथा, माछापुच्छ्रेसहितका हिमाल, बबई र राप्ती नदी तथा जिल्लाका अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ।
स्थानीयका अनुसार दङ्गीशरण राजासँग जोडिएको इतिहास बोकेको यस क्षेत्रमा पुरानो टेलिकम टावर र तिलकन्या नाकासमेत रहेको छ। गाउँपालिकाले राजाकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पहल थालेको जनाएको छ।










Discussion about this post