लगातार दुई कारोबार दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४ दशमलव ५७ अङ्कले बढेर २ हजार ६५१ दशमलव ६८ विन्दुमा पुगेको छ।
आज कारोबार भएका सबै समूहका उपसूचकहरू हरियालीमा रहे। व्यापार समूहको उपसूचक सबैभन्दा धेरै १ दशमलव ८९ प्रतिशतले बढ्दा बैंकिङ समूहको उपसूचक १ दशमलव ५१ प्रतिशतले उकालो लागेको छ।
कारोबारमा २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ वटा कम्पनीको घटेको छ। १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
आज कलङ्गा हाइड्रोको शेयर मूल्य १५ प्रतिशतले बढेर सर्वाधिक लाभ गर्ने कम्पनी बनेको छ। यता, आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १३ दशमलव ७८ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनीमा परेको छ।
कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका ९५ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।










Discussion about this post